Madhes Khabar
खेलकुद

काठमाडौंलाई हराउँदै सिमराले जित्यो अन्तर्राष्ट्रिय भेट्रान फूटबलको उपाधि

बारा,५असोजःबाराको सिमरामा आयोजित जीतपुरसिमरा चौथो अन्तर्राष्ट्रिय जीतपुरसिमरा भेट्रान फूटबल प्रतियोगिताको उपाधि आयोजक सिमरा भेट्रान क्लबले जितेको छ ।

सिमरा रंगशालामा शनिबार भएको फाइनल खेलमा रस्वती नगर भेट्रान क्लब काठमाडौंलाई २–० गोलले पराजित गर्दै आयोजक सिमराले उपाधि उचालेको हो ।

प्रतियोगिताको समापन समारोहमा मधेस प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले उपाधि विजेता टिमका खेलाडीलाई ट्रफी,मेडल र नगद राशीसहितको पुरस्कार प्रदान गरे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सिमराका सुर्यमान तमांग,उत्कृष्ट गोल रक्षक सिमराका सुनिल तमांग, उत्कृष्ट डिफेन्डर काठमाडौका अमर आचार्य,उत्कृष्ट मिडफिल्डर काठमाडौका हर्कराज गुरुंग,उत्कृष्ट फार्वाड काठमाडौंकै युवराज भुजेल,सर्वाधिक गोलकर्ता सिमराका कृष्ण शाक्य घोषित भए।

सिमरा भेट्रान क्लबका अध्यक्ष राजकपुर राउतको अध्यक्षता तथा खेलकुदमन्त्री जयसवालको प्रमुख आतिथ्थ्यतामा भएको समापन समारोहमा जीतपुरसिमरा उपमहानगरपालिकाका उपमेयर भोलाप्रसाद अधिकारी,मधेस प्रदेश फुटबल संघका कोषाध्यक्ष शम्भु सिंह, पर्सा जिल्ला फुटबल संघका उपाध्यक्ष हेमन्त चौरसिया, नेकपा एमालेका मधेस प्रदेश सचिव मनोज पौडेल लगायतकोपनि सहभागीता थियो । असोज १ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल र भारतका गरी १४ वटा टिमको सहभागिता रहेको थियो ।

Related posts

आरिफ शेखकाे सानदार प्रदर्शनमा नेपालले नेदरल्यान्डसलाई हरायाे

MadhesKhabar

विश्वकप छनोटमा पुरानो लय कायम राख्ने विश्वास छ : आसिफ शेख

MadhesKhabar

ठोरीको बाघमोर्चामा दशैंकप फुटबल हुने

MadhesKhabar

Leave a Comment