काठमाडौं,१९असाेज: एक दिवसीय विश्वकप क्रिकेटको पहिलो म्याच खेल्नु अघि नै भारतलाई नराम्रो झट्का लागेको छ । भारतको प्रारम्भिक ब्याट्सम्यान शुभमन गिललाई डेंगु संक्रमण भएको छ ।
पछिल्लो समय शुभमन गिलको प्रदर्शन भारतका लागि निकै महत्त्वपूर्ण आधार बन्ने गरेको थियो । तर, डेंगु संक्रमित भएका कारण उनले आगामी आइतबार अस्ट्रेलियाविरुद्धको म्याच गुमाउन सक्ने आशंका गरिएको छ । भारतले विश्वकप अन्तर्गत पहिलो म्याच अस्ट्रेलियाविरुद्ध खेल्दैछ ।
शुक्रबार शुभमन गिलको थप परीक्षण हुने जनाइएको छ । त्यसपछिमात्र आइतबारको म्याचमा उनी खेल्ने या नखेल्नेबारे निर्णय लिने बताइएको छ ।
शुभमन गिल अनुपस्थित भएको अवस्थामा भारतीय टिमको प्रारम्भिक ब्याटिङ लाइनअपमा कप्तान रोहित शर्मालाई कसले साथ दिन्छन् भन्नेबारे पनि अन्योल नै छ । यद्यपि, रोहितको जोडीका रुपमा इशान किसन र केएल राहुलको नाम चर्चामा छ ।साभार:राताेपाटीबाट

