Madhes Khabar
खेलकुद

विश्वकप क्रिकेटका लागि भारतीय टिम घाेषणा

काठमाडौं,१९भदाैं: भारतले घरेलु मैदानमा हुने एक दिवसीय विश्वकप क्रिकेटका लागि १४ सदस्यीय टोली घोषणा गरेको छ । रोहित शर्माको कप्तानीमा घोषित टीममा विकेट किपर ब्याट्सम्यान केएल राहुलले स्थान बनाएका छन् ।

मध्येक्रमका ब्याट्सम्यान तिलक बर्मा र बलर प्रसिध कृष्णले भने टोलीमा स्थान बनाउन सकेनन् । अहिले एसिया कपमा सहभागी १७ खेलाडीमध्येबाट उनीहरू छुटेका हुन् । यस्तै, एसिया कपमा रिजर्भ खेलाडीका रूपमा रहेका सञ्जु साम्सनले पनि विश्वकप खेल्न नपाउने भएका छन् ।

विकेटकिपर ब्याट्सम्यान इसान किसनको स्थान विश्वकपको टोलीमा सुरक्षित भएको छ । यस्तै विष्फोटक ब्याट्सम्यान सूर्यकुमार यादवले भने खराब एकदिवसीय फर्मका बाबजुदपनि टिममा स्थान बनाएका छन् ।

भारतीय १४ सदस्यीय स्क्वाडः

रोहित शर्मा (कप्तान), सुवमन गिल, विराट कोहली, श्रेयस ऐयर, केएल राहुल (विकेटकिपर), सूर्यकुमार यादव, हार्दिक पाण्ड्या (उपकप्तान), रविन्द्र जडेजा, अक्षेर पटेल, कुलदीप यादव, सार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद सामी, मोहम्मद सिराज

Related posts

वीरगन्ज-१० मा जारी वडास्तरीय क्रिकेट टुर्नामेन्ट : जनकपुर सेमिफाइनलमा

MadhesKhabar

लखनउसंग चेन्नईकाे फराकिलो हार

MadhesKhabar

वीरगन्जमा आयाेजित अन्तर कलेज ब्याडमिन्टन प्रतियोगिताको उपाधि ग्लाेबल कलेजले जित्याे

MadhesKhabar

Leave a Comment