काठमाडौं,८साउन:श्रीलंकामा जारी एसीसी महिला एसिया कप क्रिकेटमा नेपाल भारतसँग पराजित भएको छ।मंगलबार राति डम्बुलामा भएको खेलमा नेपाल भारतसंग ८२ रनले पराजित भएको हो ।याे हारसंगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।
भारतले दिएको १ सय ७९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि ओपनर सिता राना मगरले २२ बलमा १८ तथा बिन्दु रावलले १९ बलमा अविजित १७ रन बनाईन् ।रुबिना क्षेत्रीले १६ बलमा १५ तथा कप्तान ईन्दु बर्माले १८ बलमा १४ रन बनाईन् ।
भारतका लागि दिप्ती शर्माले ३ तथा अरुणधती रेड्डी र राधा यादवले समान २/२ विकेट लिए । रेनुका सिंहले १ विकेट लिईन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो ।
भारतका लागि ओपनर शेफाली बर्माले ४८ बलमा १२ चौका र १ छक्काको सहयोगमा ८१ रनको अर्धशतकीय ईनिङ खेलिन् । अर्की ओपनर दयालन हेमलथाले ४२ बलमा ४७ रनको योगदान गरिन् ।
बलिङतर्फ नेपालकी सिता राना मगरले २ तथा कविता जाेशीले १ विकेट लिएकी थिइन्।