Madhes Khabar
खेलकुद

सन्दीप लामिछानेलाई आजै यूएई पठाउने क्यानको तयारी

काठमाडौं,१७ फागुन : नेपाल क्रिकेट संघ क्यानले आईसीसी विश्वकप लिग टू अन्तर्गत यूएईमा चलिरहेको त्रिकोणत्मक शृंखलाका बाँकी खेल खेल्नका लागि सन्दीप लामिछानेलाई पठाउने तयारी गरेको छ ।

यूएई र पपुवा न्युगिनीसम्मिलित शृंखला खेलिरहेका एक खेलाडी घाइते भएकाले उनको ठाउँमा सन्दीपलाई पठाउने तयारी गरिरहेको क्यानका कार्यवाहक सचिव दुर्गा पाठकले जानकारी दिए ।

पाठकका अनुसार सन्दीपको भिजा पनि आइसकेको छ । ‘भिजा आइसकेको छ । एक जना खेलाडी घाइते पनि हुनु भएको छ । हामीले प्रतिस्थापन मागेका छौं,’ उनले भने, ‘त्यहाँको आधिकारिक व्यक्तिबाट जानकारी आएपछि हामीले घाइते खेलाडीको नामसहित जानकारी दिनेछौं ।’

पाठकका अनुसार सन्दीप टिमको अन्तिम १६ मा रहेको र अदालतले उनलाई विदेश जाने अनुमति पनि दिएका कारण उनलाई सिरिजका लागि यूएई पठाउन लागिएको हो ।साभार : अनलाइनखबर

Related posts

प्रधानमन्त्री कप क्रिकेटमा मधेस पुलिससंग पराजित

MadhesKhabar

भारत–पाकिस्तानबीचको आक्रमणका कारण आईपीएलका बाँकी खेलहरु स्थगित

MadhesKhabar

धनुषालाई हराउँदै बाराले जित्यो जनकपुर मेयर कपको उपाधि

MadhesKhabar

Leave a Comment