Madhes Khabar
खेलकुद

प्रधानमन्त्री कप क्रिकेटमा मधेस पुलिससंग पराजित

काठमाडौं,१०माघ: प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेश नेपाल पुलिस क्लबसंग पराजित भएकाे छ।मुलपानी क्रिकेट मैदानमा बुधबार भएकाे खेलमा मधेस प्रदेश पुलिससंग ६ विकेटले पराजित भएको हाे।

पहिले व्याटिङ गरि मधेसले दिएकाे ९७ रनको समान्य लक्ष्य पुलिसले १८ दशमलव ३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। पुलिसका लागि सुनिल धमलाले सर्वाधक २८ रनको योगदान दिए। त्यस्तै कुशल भुर्तेलले १९, आरिफ शेखले अविजित १६ र अमृत श्रेष्ठले अविजित १५ रन बनाए। मधेसका लागि रञ्जित कुमार र अर्निको यादवले समान दुई/दुई विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेसले २४ ओभरमा सबै विकेट गुमाउँदै ९६ रनको योगफल बनाएको थियो। मधेसका लागि अर्निको यादवले २३, कप्तान हरिशंकर शाहले २२ र अभिशेक तिवारीले अविजित ११ रन बनाए।

पुलिसका लागि सागर ढकालले पाँच विकेट लिए भने ललितनारायण राजवंशीले चार विकेट लिए। त्यस्तै राशिद खानले एक विकेट लिए।

पुलिस ५ खेलमा १० अंक जोड्दै अंक तालिको शीर्ष स्थानमा यथावत् छ। यता मधेसले ७ खेलमा ८ अंक जोडेको छ। मधेस अंकतालिकाको तेस्रो स्थानमा छ।

Related posts

त्रिदेशीय टि–२० सिरिजमा युएईलाई ७ विकेटले हराउँदै नेपालको विजयी सुरुवात

MadhesKhabar

वीरगन्जलाई सडन डेथमा स्तब्ध पार्दै पुलिस फाइनलमा

MadhesKhabar

नेपालले टस जितेर ब्याटिङ रोज्यो

MadhesKhabar

Leave a Comment