काठमाडौं,१०असार: फिफा विश्वकप २०२६ को समूह ‘के’ अन्तर्गत मंगलबार राति भएको खेलमा पोर्चुगलले
उज्बेकिस्तानलाई पराजित गरेकाे छ। अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा पोर्चुगलले उज्बेकिस्तानमाथि ५-० काे फराकिलो जित हात पारेको हाे।
खेलको सुरुवातदेखि अन्त्यसम्म एकतर्फी दबाब कायम राख्दै पाेर्चुगलले सानदार जित निकालेको हो । पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी दुई गोल गरे भने नुनो मेन्डेस र राफेल लियोले एक-एक गोल थपे । उज्बेकिस्तानले एक आत्मघाती गोल उपहार दिएको हाे।
समुह के मा पहिलो जितपछि पोर्चुगल २ खेलबाट ४ अंक जोड्दै समूह के काे शीर्ष स्थानमा उक्लेको छ र नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
पहिलो खेलमा पोर्चुगलले डिआर कंगोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको थियो । लगातार दोस्रो हारपछि उज्वेकिस्तान भने समूह चरणबाटै बाहिरिने संघारमा पुगेको छ । अर्को खेलमा डिआर कंगोले कोलम्बियालाई पराजित गरेमा उज्वेकिस्तान अन्तिम खेल खेल्नुअघि नै समुह चरणबाट बाहिरिने निश्चित हुनेछ ।

