Madhes Khabar
खेलकुद

फ्रान्स विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि अर्जेन्टिनासंग भिड्न

मधेसखबर
वीरगन्ज ,२९ मंसिर : साविक विजेता फ्रान्स , कतारमा जारी विश्वकप फुटबलको फाईनलमा प्रवेश गरेकाे छ ।

राति भएकाे दाेश्राे तथ अन्तिम सेमिफाइनल खेलमा माेरक्काेलाई २-० गाेलले पराजित गर्दै फ्रान्सले उपाधि भिडन्तका लगि फाइनलकाे यात्रा तय गरेको हाे ।

खेल शुरु भएकाे ५ मिनेटमै फ्रान्सका लागि डिफेन्डर थिओ हर्नान्डेजले गरेर अग्रता दिलाएका थिए ।त्यसपछि खेलकाे ७९ ओैं मिनेट रान्डल काेलाे मुआनीले आफ्नाे टिमका लागि दाेश्राे गाेल गरेपछि फ्रान्सले खेल २-० ले जितेकाे हाे ।

आइतबार हुने उपाधि भिडन्तमा अब फ्रान्सले अर्जेन्टिनाकाे सामना गर्नेछ ।अर्जेन्टिना , सेमिफाइनलमा साविक उपविजेता क्राेएसियालाई ३-० गाेलले पाखा लगाउदै फाइनलमा प्रवेश गरिसकेको छ ।

Related posts

आईपीएल क्रिकेटमा आज बैंग्लोर र लखनउको भिडन्त

MadhesKhabar

सन्दीप बने प्लेयर अफ दि टुर्नामेन्ट

MadhesKhabar

लेबनानलाई हराउँदै नेपाल फाइनलमा

MadhesKhabar

Leave a Comment