Madhes Khabar
खेलकुद

नेपाल सुपर लिगमा वीरगन्ज युनाइटेड धनगढी एफसीसंग भिड्ने

वीरगन्ज,९मंसिर:काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणको आइतबार हुने खेलमा वीरगन्ज युनाइटेड एफसी र धनगढी एफसी भिड्ने भएका छन् ।

यी दुई बिचकाे खेल आइतबार साँझ साढे ५ बजे दशरथ रङ्गशालामा हुनेछ ।

शुक्रबारदेखि सुरु भएको लिगको उद्घाटन खेलमा साबिक विजेता काठमाडौँ रेजर्स विजयी भयाे।उसले नवप्रवेश टोली स्पोर्टिङ इलामलाई १–० ले पराजित गर्याे । यो जितसँगै काठमाडौं रेजर्सले तीन अंक हासिल गरेको छ ।

यस पटक इलामसँगै वीरगञ्ज युनाइटेड एफसी र झापा एफसी नयाँ टोली हुन् । कुल ४० खेल हुने प्रतियोगितामा वीरगन्जसहित काठमाडौँ, धनगढी, इलाम, झापा, एफसी चितवन, बुटवल लुम्बिनी, पोखरा थन्डर्स र ललितपुर सिटी एफसी सहभागी छन् ।

Related posts

आईपिएलमा आज दिल्ली र गुजराज भिड्दै

MadhesKhabar

नेशनल ईन्फोटेक कप: वीरगन्ज सेन्ट्रलमाथि सेन्टजेभियर्सकाे सहज जीत

MadhesKhabar

अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका महिला टी-२० विश्वकपकाे फाइनलमा

MadhesKhabar

Leave a Comment