Madhes Khabar
खेलकुद

अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका महिला टी-२० विश्वकपकाे फाइनलमा

वीरगन्ज,२कार्तिक: ६ पटककाे विजेता अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका महिला टी-२० विश्वकपकाे फाइनलमा प्रवेश गरेको छ।

दुबईमा बिहीबार राति भएकाे पहिलाे सेमिफाइनल खेलमा अष्ट्रेलियालाई ८ विकेटले हराउँदै दक्षिण अफ्रिकाले फाइनलकाे यात्रा तय गरेको हो।

पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पाँच विकेटकाे क्षतिमा १ सय ३४ रन बनाएको थियो।

१३५ रनकाे लक्ष्य दक्षिण अफ्रिकाले दुई विकेट मात्र गुमाएर १७ दशमलव २ ओभरमा पूरा गर्याे।

अब आइतबार हुने फाइनलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिज र न्युजिल्यान्डबीच हुने दोस्रो सेमिफाइनलको विजेताको सामना गर्नेछ।

Related posts

नेपालले जित्यो प्रधानमन्त्री कप फुटबलको उपाधि

MadhesKhabar

काेलकाताले हरायाे लखनउलाई

MadhesKhabar

अर्जेन्टिनासँग हार्याे ब्राजिल

MadhesKhabar

Leave a Comment