Madhes Khabar
खेलकुद

मधेसकाे लगातार तेस्रो हार,चितवन ३-१ सेटले विजयी

तस्बिर :हाम्रो खेलकुद

काठमाडौं,१६असाेज:काठमाडौंमा जारी वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा मधेस युनाईटेडले लगातार तेस्रो पराजय व्यहाेरेकाे छ।बुधबार राति भएकाे आफ्नाे तेस्रो खेलमा पनि मधेस युनाईटेड चितवन शक्तिसंग पराजित भएको हाे।

दोस्रो जित हात पार्ने क्रममा चितवनले मधेसलाई ३-१ को सेटमा हराएको हो । ३ खेलमा चितवनले दोस्रो खेल जित्दा मधेसले लगातार तेस्रो खेलमा हार व्यहोरेको हाे।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा राष्ट्रिय भलिबल टोलीकी‌ कप्तान समेत रहेकी अरुणा शाही नेतृत्वको चितवनले मधेसलाई २५-२०,२५-१९,१९-२५,२५-२१ ले हराएको हाे।

मधेशकी मार्की खेलाडी निरुता ठगुन्ना चौथो सेटमा घाइते भएपछि टोली थप दबाबमा परेको थियो।जितसंगै चितवनको ६ अंक भएको छ।

 

 

बुधबार नै भएको पहिलो खेलमा ललितपुर क्विन्सलाई पराजित गर्दै कर्णाली यश्विजले लगातार तेस्रो जित हासिल गरेको थियो । कर्णालीले पहिलो सेट २५-२२, दोस्रो सेट २५-२२ जितेको थियो । तेस्रो सेटमा ९-१ ले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै २९-२७ ले जित्दै कर्णालीले आफ्नो अपराजित यात्रा कायमै राखेको हो ।

ललितपुरले पहिलो खेलमा काठमाडौं स्पाइकर्सलाई र दोस्रो खेलमा मधेस युनाईडेटलाई पराजित गरेको थियो । उता, कर्णालीले भने पहिलो खेलमा मधेस युनाईटेडलाई पराजित गर्दा दोस्रो खेलमा गन्डकी थन्डर्सलाई हराएको गरेको थियो ।

इडब्लुभिएलमा बिहीवार पनि ३ खेल हुनेछन् ।

Related posts

दिल्लीलाई हराउँदै वीरगन्ज युनाइटेड दोस्रो वीरगन्ज गोल्डकपको सेमिफाइनलमा

MadhesKhabar

नेपाललाई भारतले दियाे १७९ रनकाे लक्ष्य

MadhesKhabar

महोत्तरीकी पूजा महत्तो बनिन् ‘युवा वर्ष खेलाडी’

MadhesKhabar

Leave a Comment