वीरगन्ज,२५भदौं : एसिया कप क्रिकेटको ’सुपर फोर’ मा जारी पाकिस्तानविरुद्धको खेलमा भारतका विराट कोहली र केएल राहुल दुवैले शतक लगाएका छन् ।
श्रीलंकामा भइरहेको सुपर फोर चरणको आफनो पहिलोखेलमा विस्फोटक व्याटिङ गरिरहेका कोहलील्े ८४ बलमा र राहुलले १ सय बलमा शतक हानेका हुन् । यो समाचार तयार पार्दा सम्म भारतले ४७.३ ओभर खेल्दै २ विकेटको क्षतिमा ३२२ रन बनाएको छ । कप्तान रोहित शर्माले ५६ र शुभमन गिल ५८ रनको योगदान दिएका छन् ।
यसअघि आइतबार वर्षाका कारण बिचमै रोकिएको खेल सोमबार अपरान्हदेखि शुरु भएको हो । आइतबार खेल रोकिँदा भारतले २४ ओभर १ बलमा २ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । सोमबार भारतले यही अवस्थाबाट ब्याटिङ थालेको थियो ।

