Madhes Khabar
खेलकुद

एसियाली खेलकुदमा भारतले जित्यो क्रिकेटको उपाधि

काठमाडौं,२०असोजः चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटको उपाधि भारतले जितेको छ । चीनको हाङझाउमा शनिबार अफगानिस्तानसँगको फाइनल खेल वर्षाले रद्द भएपछि भारतले वरियताका आधारमा उपाधिसहित स्वर्णपदक जितेको हो।

वर्षाका कारण ढिला शुरु भएको खेलमा अफगानिस्तानले पहिला ब्याटिङ गर्दै १८ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय १२ रन मात्र बनाएको थियो । तर पानी परेपछि भारतले ब्याटिङ नै गर्न पाएन र खेल रद्द भयो ।

क्रिकेटमा सहभागी नेपाल भने क्वाटरफाइनलमा भारतसँग पराजित हुँदै बाहिरिएको थियो ।

Related posts

परवानीपुर गोल्डकप फुटबल: मकवानपुर सेमिफाइनलमा प्रवेश

MadhesKhabar

टी-२० क्रिकेटमा भारतले रच्यो इतिहास

MadhesKhabar

युरोकपमा आज फ्रान्स र बेल्जियमको भिडन्त

MadhesKhabar

Leave a Comment