Madhes Khabar
खेलकुद

परवानीपुर गोल्डकप फुटबल: मकवानपुर सेमिफाइनलमा प्रवेश

बारा,८व‌ैशाख:बाराकाे नव जनजागृति युवा क्लब सिमरालाई स्तब्ध पार्दै एन्फा मकवानपुर पाँचौं परवानीपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

 

परवानीपुर खेल मैदानमा मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा नव जनजागृतिलाई ३-० ले पराजित गर्दै मकवानपुरले अन्तिम चारको यात्रा तय गरेको हो। मकवानपुरको जितमा सुजन गुरुङ, निमेश मोक्तान र रिजन लामाले एक/एक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा मकवानपुरले दोस्रो हाफमा तीन गोल गर्दै जित निकालेको हो।

 

खेलको ५२औं मिनेटमा सुजनले गोल गर्दै टिमलाई अग्रता दिलाए। ५७औं मिनेटमा निमेशले अर्को गोल थप्दै खेल २-० को स्थितिमा पुर्याए। खेलको ६७औं मिनेटमा रिजनले तेस्रो गोल थप्दा नव जनजागृति ३-० ले पछाडि पर्यो। खेलमा पाएका केही अवसर सदुपयोग गर्न नसक्दा नव जनजागृति हार आत्मसाथ गर्न बाध्य भयो। निमेश प्लेयर अफ दि म्याच घोषित भए। निमेशलाई नागमणी उपाध्यायले दुई हजार एक सय नगदसहित पुरस्कृत गरे।

 

प्रतियोगिता अन्तर्गत बुधबार आयोजक शक्ति युवा क्लब र वीरगन्ज युनाइटेड क्लबबीच पहिलो सेमिफाइनल खेल हुनेछ।

Related posts

भक्तपुरमा जारी पुरुष खो खो प्रतियोगितामा वीरगन्ज महानगरको विजयी शुरुवात

MadhesKhabar

आयोजक सिमरालाई पाखा लगाउँदै पुलिस सेमीफाइनलमा

MadhesKhabar

पाकिस्तानकाे धारिलाे बलिङ सामु भारत ११९ रनमै अलआउट

MadhesKhabar

Leave a Comment