बारा,१असाेज:बाराकाे सिमरामा मंगलबारदेखि सुरु चाैथाे अन्तर्राष्ट्रिय जीतपुरसिमरा भेट्रान फुटबल प्रतियोगितामा उदयपुरको कटारी फुटबल क्लब र भारत सिक्किमको रियल फ्रेण्ड भेट्रान क्लबले विजयी सुरुवात गरेका छन्।
सिमरा रंगशालामा मंगलबार भएको खेलमा कटारीले वीरगन्ज युथ एकेडेमीलाई २–० र सिक्किमले सर्लाही भेट्रान क्लबलाई २–१ ले पराजित गरेको हो।
कटारीको जितमा अशोककुमार शर्मा र सुवास अङथुम्पोले समान एक–एक गोल गरेका हुन्। यसैगरी सिक्किमको जितमा नर भूपेन्द्र र शम्भु क्षेत्रीले एक–एक गोल गरे भने सर्लाहीका लागि चन्द्रबहादुर स्याङ्तानले गोल गरेका थिए।
जितसँगै उदयपुर र सिक्किम प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। उदयपुरले अब आयोजक सिमरा भेट्रान क्लब र सिक्किमले सरस्वती नगर भेट्रान क्लब काठमाडौंसंग प्रतिस्पर्धा गर्नेछ।
असोज ५ गतेसम्म हुने प्रतियोगितामा १४ टिमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले एक लाख ५० हजार प्राप्त गर्नेछन्। भेट्रान फुटबल प्रतियोगितामा यो राशी देशभरीकै सर्वाधिक रहेको आयोजकको दावी छ। यसअघि प्रतियोगिताको उद्घाटन बारा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री किसान श्रेष्ठले गरेका थिए। साभार:अन्नपूर्ण पाेष्ट

