Madhes Khabar
खेलकुद

पाँच पटकको च्याम्पियन मुम्बई आईपीएलको उपाधि दौडबाट बाहिरियो

काठमाडौं,२७बैशाखःअलराउन्डर हार्दिक पान्ड्याको कप्तानीमा रहेको पाँच पटक च्याम्पियन बनेको मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा दुई खेल अगावै उपाधि दौडबाट बाहिरिएको छ ।

बुधबार राति भएको खेलमा सनराइजर्स हैदराबादले लखनऊ सुपर जायन्ट्सलाई १० विकेटले हराएसँगै मुम्बई आधिकारिक रूपमा प्लेअफ दौडबाट बाहिरिने यस सिजनको पहिलो टोली बनेको छ ।

मुम्बई १२ खेलमा ४ मा जित र ७ मा हारसहित ८ अंकका साथ नवौं स्थानमा छ । मुम्बईले अब शनिबार कोलकाता र अर्को शुक्रबार लखनऊसँग खेल्नेछ ।अबका यी दुवै खेलमा विजयी हुँदापनि मुम्बई १२ अंकमा पुग्न मात्रै सक्छ । कम्तिमा चार टोली १४ अंकभन्दा माथि हुने पक्का हुँदा मुम्बई बाहिरिएको हो ।

कोलकाता ११ खेलमा ८ मा जित र ३ मा हारसहित १६ अंकका साथ नेट रन रेटमा माथि रहँदै शीर्ष स्थानमा छ । राजस्थान रोयल्स ११ खेलमा ८ मा जित र ३ मा हारसहित १६ अंकका साथ दोस्रो स्थानमा छ । कोलकाता र राजस्थानको प्लेअफ सम्भावना औपचारिकता बाँकी छ ।

हैदराबाद १२ खेलमा ७ मा जित र ५ मा हारसहित १४ अंकका साथ तेस्रो स्थानमा छ । चेन्नई ११ खेलमा ६ मा जित र ५ मा हारसहित १२ अंकका साथ चौथो स्थानमा छ ।

समान १२ खेलमा दिल्ली १२ अंकका साथ पाँचौं स्थानमा छ । लखनऊ पनि १२ खेलमा १२ अंकका साथ नै छैटौं स्थानमा छ । दिल्ली र लखनऊ खेल्न बाँकी हुँदा एक टोली १४ अंकका पुग्ने पक्का भएको हो ।

मुम्बईले यस सिजनदेखि हार्दिकलाई कप्तानमा नियुक्त गरेको थियो । २०१३ देखि कप्तानी गर्दै पाँच ट्रफी मुम्बईलाई जिताउने रोहित शर्मालाई हटाउँदै हार्दिकलाई कप्तानी जिम्मेवारी दिएको थियो । त्यसैको कारण यस सिजनभर हार्दिकको आईपीएलमा चर्को आलोचना भएको थियो । हार्दिकले २०१५ देखि २०२१ सम्म मुम्बईबाट खेलेका थिए ।

त्यसपछि हार्दिकले २०२२ मा गुजरात टाइटन्सको कप्तानी गर्दै उपाधि जितेका थिए । २०२३ मो भने हार्दिकको कप्तानीमा गुजरात फाइनलमा चेन्नई सुपर किंग्ससँग पराजित भएको थियो ।साभारः अनलाइनखबरबाट

Related posts

विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकासंग अफगानिस्तान पराजित

MadhesKhabar

रोहित शर्माको कप्तानीमा उत्कृष्ट टी–२० टीम घोषणा

MadhesKhabar

प्राे-क्लब च्याम्पियन टी-२०: सन्दिप लामिछाने कप्तान रहेकाे पर्सा ११ काे लगातार दाेस्राे जीत

MadhesKhabar

Leave a Comment