Madhes Khabar
खेलकुद

टी–२० सिरिज : मलेसियामाथि नेपालको सानदार जित

काठमाडौं,२१असोजःअन्तर्राष्ट्रिय टी–२० सिरिजको चौथो खेलमा नेपालले मलेसियालाई हराएकाृ छ ।मंगलबार बिहान भएको खेलममा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो ।

मलेसियाले दिएको ११२ रनको लक्ष्य नेपालले १७ ओभर ३ बलमा ४ विकेट गुमाएर पुरा गर्यो ।नेपालका लागि कप्तान इन्दु बर्माले नटआउट ४८ र रुबिना क्षेत्रीले २३ रन बनाइन्।

त्यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १११ रन बनाएको थियोे।

यो जितसँगै नेपालले मलेसियासँगको पाँच खेलको सिरिजमा २–२ को बराबरी गरेको छ । सिरिजको फाइनल खेल बुधबार हुनेछ ।
सिरिजको पहिलो खेलमा तीन रनले पराजित भएको नेपाल खेलमा ६ विकेटले विजयी भएको थियो। तेस्रो खेलमा नेपाल १३ रनले पराजित भएको थियो ।

 

Related posts

टी-२० विश्वकप क्रिकेट: आज भारतले आयरल्याण्डसंग खेल्दै

MadhesKhabar

टी-२० विश्वकप : सन्दीप लामिछानेले दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध खेल्ने

MadhesKhabar

नारायणी रंगशालाको पुनर्निर्माण गर्न सरकारसंग सांसद यादवको माग

MadhesKhabar

Leave a Comment