Madhes Khabar
खेलकुद

टी–२० सिरिज : मलेसियामाथि नेपालको सानदार जित

काठमाडौं,२१असोजःअन्तर्राष्ट्रिय टी–२० सिरिजको चौथो खेलमा नेपालले मलेसियालाई हराएकाृ छ ।मंगलबार बिहान भएको खेलममा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो ।

मलेसियाले दिएको ११२ रनको लक्ष्य नेपालले १७ ओभर ३ बलमा ४ विकेट गुमाएर पुरा गर्यो ।नेपालका लागि कप्तान इन्दु बर्माले नटआउट ४८ र रुबिना क्षेत्रीले २३ रन बनाइन्।

त्यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १११ रन बनाएको थियोे।

यो जितसँगै नेपालले मलेसियासँगको पाँच खेलको सिरिजमा २–२ को बराबरी गरेको छ । सिरिजको फाइनल खेल बुधबार हुनेछ ।
सिरिजको पहिलो खेलमा तीन रनले पराजित भएको नेपाल खेलमा ६ विकेटले विजयी भएको थियो। तेस्रो खेलमा नेपाल १३ रनले पराजित भएको थियो ।

 

Related posts

वीरगन्जमा इन्डाे-नेपाल टी-२० क्रिकेट सुरु,उद्घाटन खेलमा एनआई कलेज विजयी

MadhesKhabar

आइपिएल: हैदराबादमाथि चेन्नईकाे जित

MadhesKhabar

अनिल साहको शतकमा मधेसले दियाे गण्डकीलाई ३३६ रनको विशाल लक्ष्य

MadhesKhabar

Leave a Comment