Madhes Khabar
खेलकुद

वीरगन्जमा इन्डाे-नेपाल टी-२० क्रिकेट सुरु,उद्घाटन खेलमा एनआई कलेज विजयी

वीरगन्ज,२६चैत:वीरगन्जमा मंगलबारदेखि वीरगन्ज-इन्डाे नेपाल टी-२० क्रिकेट प्रतियोगिता सुरु भएको छ। पशुपति आदर्श क्लबले वीरगन्जको आदर्शनगर रंगशालामा आयाेजना गरेकाे प्रतियोगिताको उद्घाटन वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका छन्।

 

प्रतियोगितामा पुरुषतर्फ कुल ६ टिमको सहभागीता छ भने महिलातर्फ २ टिमको सहभागीता रहेको छ।प्रतियोगितामा पुरुषतर्फ भारतको जम्मु-काशमिर,तामिलनाडु, बिहार र राजस्थान गरि ४ टिम तथा नेपालकाे तर्फबाट वीरगन्जको नेशनल इन्फोटेक कलेज र ग्लोबल बिजनेस कलेजको सहभागिता छ।

प्रतियोगिताको उपाधि विजेता टिमले नगद ५० हजार र उपविजेता टिमले नगद २५ हजार रुपैयाँ पुरस्कार पाउने पशुपति आदर्श क्लबका अध्यक्ष सन्तोष गुप्ताले जानकारी दिए।

यसैबीच प्रतियोगिताकाे उद्घाटन खेलमा पुरुषतर्फ वीरगन्जको नेशनल इन्फाेटेक कलेज विजयी भएको छ।उसले भारतको बिहार टिमलाई चार विकेटले हराएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको बिहारले १९.५ ओभरमा १० विकेट गुमाएर १६३ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको नेशनल इन्फोटेक क्लबले १६४ रनकाे लक्ष्य १६.५ ओभरमा केवल ६ विकेट गुमाएर पूरा गर्याे ।

Related posts

मधेस प्रदेश स्तरीय फुटबलकाे फाइनलमा राैतहट र बारा भिड्ने

MadhesKhabar

तेक्वान्दोमा स्वर्ण पदक जितेका अख्तरलाई स्वतन्त्र उम्मेद्वार सिंहले गरे सम्मान

MadhesKhabar

मधेस प्रदेशस्तरीय छनाैट क्रिकेटमा पर्सा विजयी

MadhesKhabar

Leave a Comment