Madhes Khabar
खेलकुद

पाकिस्तान सामु भारतले दियो ३५७ रनको विशाल लक्ष्य

वीरगन्ज,२५भदौं : एसिया कप क्रिकेटको ’सुपर फोर’ मा जारी खेलमा भारतले पाकिस्तानका सामु ३५७ रनको विशाल चुनौती दिएको छ ।

श्रीलंकामा भइरहेको सुपर फोर चरणको आफनो पहिलोखेलमा पहिले व्याटिङ गरेको भारतले पाकिस्तानका सामु ३५७ रनको लक्ष्य पेश गरेको हो ।टस हारेर पाकिस्तानले बलिङ रोजेपछि व्याटिङ गरेको भारतले पुरै ५० ओभर खेल्दै मात्र २ विकेटको क्षतिमा ३५६ रन बनाएको हो ।

भारतका लागि विराट कोहलीले र केएल राहुल दुवैले शतक हाने ।कोहलीले अविजित १२२ रन र राहुललेपनि अविजित १११ रन बनाएका हुन् ।यसअघि कप्तान रोहित शर्माले ५६ र शुभमन गिल ५८ रनको योगदान दिए ।

यसअघि आइतबार वर्षाका कारण बिचमै रोकिएको खेल सोमबार अपरान्हदेखि शुरु भएको हो । आइतबार खेल रोकिँदा भारतले २४ ओभर १ बलमा २ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । सोमबार भारतले यही अवस्थाबाट ब्याटिङ थालेको थियो ।

 

Related posts

साफ यू-१६ फुटबल: भुटानमाथि नेपालकाे सहज जीत

MadhesKhabar

यूएईलाई हराउँदै नेपाल एसिया कपमा

MadhesKhabar

आइसिसी यू-१९ विश्वकप : पाकिस्तानसंग नेपाल ५ विकेटले पराजित

MadhesKhabar

Leave a Comment