वीरगन्ज,२५भदौं : एसिया कप क्रिकेटको ’सुपर फोर’ मा जारी खेलमा भारतले पाकिस्तानका सामु ३५७ रनको विशाल चुनौती दिएको छ ।
श्रीलंकामा भइरहेको सुपर फोर चरणको आफनो पहिलोखेलमा पहिले व्याटिङ गरेको भारतले पाकिस्तानका सामु ३५७ रनको लक्ष्य पेश गरेको हो ।टस हारेर पाकिस्तानले बलिङ रोजेपछि व्याटिङ गरेको भारतले पुरै ५० ओभर खेल्दै मात्र २ विकेटको क्षतिमा ३५६ रन बनाएको हो ।
भारतका लागि विराट कोहलीले र केएल राहुल दुवैले शतक हाने ।कोहलीले अविजित १२२ रन र राहुललेपनि अविजित १११ रन बनाएका हुन् ।यसअघि कप्तान रोहित शर्माले ५६ र शुभमन गिल ५८ रनको योगदान दिए ।
यसअघि आइतबार वर्षाका कारण बिचमै रोकिएको खेल सोमबार अपरान्हदेखि शुरु भएको हो । आइतबार खेल रोकिँदा भारतले २४ ओभर १ बलमा २ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । सोमबार भारतले यही अवस्थाबाट ब्याटिङ थालेको थियो ।

