वीरगन्ज,२ चैत : जनकपुर स्पाेर्ट क्लब , कृष्णा फाउन्डेसन दोस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेकाे छ ।
वीरगन्ज २१ परवानीपुर स्थित खेलमैदानमा बिहीबार भएकाे दोश्राे सेमिफाईनल खेलमा गाेर्खा फुटबल क्लब सर्लाहीलाई १-० ले परािजत गर्दै जनकपुर स्पोर्ट क्लब जनकपुर फाईनलमा प्रवेश गरेको हाे ।
उक्त खेललको म्यान अफ दि म्याच जनकपुर स्पोर्ट क्लब जनकपुरका गोलरक्षक सागर मगर घाेषित भए ।
उनलाई वीरगन्ज महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष राधाकृष्ण रौनियारले नगद ५ हजार र ट्रफि प्रदान गरे ।
वसर पाए ।
यसअघि वीरगन्ज युनाइटेड क्लब वीरगन्ज पनि फाइनलमा प्रवेश गरिसकेको छ ।
चैत ४ गते शनिबार उपाधिका लागि वीरगन्ज युनाइटेड क्लब वीरगन्ज र जनकपुर स्पोर्ट क्लब जनकपुर बीच फाइनलमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा मधेस प्रदेशका ६ वटा र बागमती प्रदेशका दुई वटा गरी ८ टिमको सहभागीता छ । प्रतियोगिताकाे उपधी विजेता टिमले १ लाख ५० हजार र उपविजेता टिमले ७५ हजार नगद शिल्ड तथा मेडल पाउने आयोजक परवानीपुर युथ क्लबले जनाएको छ ।

