Madhes Khabar
खेलकुद

टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा भारतको भिडन्त इंग्ल्यान्डसंग

वीरगन्ज,११असारः जारी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा भारतले इंग्ल्यान्डकोे सामना गर्ने भएको छ । सोमबार राति भएको सुपर–८ चरणको आफनो अन्तिम खेलमा अष्ट्रेलियालाई २४ रनले हराउँदै भारतले सेमिफाइनलमा स्थान बनाएको हो । समुह–१ बाट भारत ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । भारतले सेमिफाइनलमा समुह–२ को उपविजेता इंग्ल्यान्डसँग खेल्नेछ ।

२०६ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै १८१ रन मात्र बनाउन सक्यो । ट्रविस हेडले ४३ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक ७६ रन बनाए । मिचेल मार्शले २८ बलमा ३ चौका र २ छक्कासहित ३७ रन बनाए । ग्लेन म्याक्सवेल २०, मार्कस स्टोइनिस २, टिम डेविड १५ र डेविड वार्नर ६ रनमा आउट भए ।

भारतका अर्शदीप सिंहले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । कुलदीप यादवले २ विकेट लिए । अक्षर पटेल र जस्प्रित बुमराहले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ५ विकेट गुमाउँदै २०५ रन बनाएको थियो । भारतका लागि रोहित शर्माले ४१ बलमा ७ चौका र ८ छक्कासहित सर्वाधिक ९२ रन बनाए ।रिषभ पन्तले १५ ,सूर्यकुमार यादवले ३१ ,हार्दिक पान्ड्याले २७, शिवम दुबेले २८ र रविन्द्र जडेजाले ९ रन बनाए ।

बलिङ्तर्फ अष्ट्रेलियाका मिचेल स्टार्कले ४ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए । जोश हेजलवुडले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिए । मार्कस स्टोइनिसले ४ ओभरमा ५६ रन खर्चेर २ विकेट लिए ।

Related posts

स्पेन पहिलो पटक विश्वकपको सेमिफाइनलमा

MadhesKhabar

वीरगन्जमा ‘गर्ल्स एन्ड जुनियर ब्वाइज क्रिकेट टुर्नामेन्ट’ सुरु,मेयर सिंहले गरे उद्घाटन

MadhesKhabar

लखनउमाथि राजस्थानकाे सहज जित

MadhesKhabar

Leave a Comment