Madhes Khabar
खेलकुद

लखनउमाथि राजस्थानकाे सहज जित

वीरगन्ज,१५बैशाख:भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा शनिबार राति भएको खेलमा राजस्थान रोयल्स विजयी भएको छ।राजस्थानले लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले पराजित गरेकाे हाे ।

लखनउले दिएको १ सय ९७ रनको लक्ष्य राजस्थानले १९ ओभरको अन्तिम बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।राजस्थानका लागि कप्तान सन्जु सामसनले ३३ बलमा ७ चौका र ४ छक्काको सहयोगमा ७१ रन बनाए ।ध्रुब जुरेलले ३४ बलमा ५ चौका र २ छक्काको सहयोगमा ५२ रन बनाए । ओपनर जोस बटलरले १८ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३४ रन बनाए । अर्का ओपनर यशस्वी जैसवालले १८ बलमा ३ चौका र १ छक्काको सहयोगमा २४ रन बनाए ।

लखनउका लागि यश ठाकुर, मार्कस स्टोईनेस र अमित मिश्राले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो ।

लखनउका लागि कप्तान केएल राहुलले राहुलले ४८ बलमा ८ चौका र २ छक्काको सहयोगमा ७६ रन बनाए । होडाले ३१ बलमा ७ चौकाको सहयोगमा ५० रन बनाए ।

राजस्थानका लागि सन्दीप शर्माले दुई तथा ट्रेन्ट बोल्ट, रविचन्द्रन आश्विन र आबेश खानले समान एक एक विकेट लिए ।

नवौं खेलमा आठौं जित हात पारेको राजस्थान शीर्ष स्थानमा कायमै छ । नवौं खेलमा चौथो हार व्यहोरेको लखनउ चौथो स्थानमा छ ।

Related posts

जीतपुरसिमरा गोल्डकप : हेटौंडालाई हराउदै एपिएफ सेमिफाइनलमा

MadhesKhabar

तेस्रो परवानीपुर गोल्डकप : वर्षाका कारण पहिलाे सेमिफाइनल खेल स्थगित

MadhesKhabar

श्रीलंकालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा

MadhesKhabar

Leave a Comment