Madhes Khabar
खेलकुद

तेस्रो परवानीपुर गोल्डकप : वर्षाका कारण पहिलाे सेमिफाइनल खेल स्थगित

वीरगन्ज ,७ चैत:तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगितामा बुधबार हुने भनिएकाे पहिलो सेमिफाइनल खेल बर्षाका कारण स्थगित भएको छ ।

परवानीपुर खेल मैदानमा बर्षाका कारण पानी जमेपछी बुधबार हुने भनिएकाे खेल स्थगित भएको हो ।

दिउँसो तीन बजेदेखि हुने भनिएकाे वीरगन्ज युनाइटेड क्लब र वीरगन्ज युथ एकेडेमी बीचको पहिलो सेमिफाइनल खेल बर्षाका कारण स्थगित भएको प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले जानकारी दिए ।

बुधङस्थगित भएको पहिलो सेमिफाइनल खेल बिहीबार अपरान्ह १२ बजे देखि हुने उनले बताए ।

यस्तै बिहिबार दिउँसो ३ बजेदेखि दोस्रो सेमिफाइनल खेलमा हेटौंडा फुटबल एकेडेमी मकवानपुर र बाग्मती फुटबल क्लब सर्लाही भिडने उनले बताए ।

चैत १० गते चल्ने प्रतियोगितामा आयोजक शक्ति युवा क्लब ,वीरगन्ज युनाइटेड एफसी , हनामी भरतपुर फुटबल क्लब चितवन ,वीरगन्ज युथ एकेडेमी ,हेटौंडा फुटबल एकेडेमी मकवानपुर ,नव जन जागृती युवा क्लब सिमरा ,चिडिया दह स्टार क्लब रौतहट र बाग्मती फुटबल क्लब सर्लाही सहभागी छन् ।

Related posts

आयाेजक जर्मनीलाई हराउँदै स्पेन सेमिफाइनलमा

MadhesKhabar

वीरगन्जमा आयोजित म्याराथन दौड प्रतियोगिताको उपाधि बाराका यादवले जिते

MadhesKhabar

महिला एसिया कप क्रिकेट : आज नेपाल पाकिस्तानसंग भिड्दै

MadhesKhabar

Leave a Comment