Madhes Khabar
खेलकुद हेडलाइन

२३ रनले पराजित भएपनि भारतविरुद्ध नेपालकाे उम्दा प्रदर्शन

वीरगन्ज,१६असाेज: चीनमा जारी एसियाली खेलकुद अन्तर्गत क्रिकेटको क्वाटर फाइनलमा नेपालले भारतविरुद्ध उम्दा प्रदर्शन गरेकाे छ ।

मंगलबार भएकाे खेलमा भारतसंग २३ रनले पराजित भएपनि नेपालकाे प्रदर्शन उम्दा रह्यो ।बलिङ र व्याटिङ दुबैमा भारतविरुद्ध नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरे ।

भारतले दिएकाे २०३ रनकाे विशाल लक्ष्य पछाउने क्रममा नेपालले ओभरमा ९ विकेट गुमाएर १७९ रन मात्र बनाएपछि खेल भारतले जितेकाे हाे ।

खेल भारतले जितेपनि नेपाली व्याटरहरु भारतीय बलरसामु दबाबमा परेकाे देखिएन ।नेपालका लागि दिपेन्द्र सिंह ऐरीले १५ बलमा ३२ रन, सन्दिप जाेराले १२ बलमा २९ रन, कुशल मल्लले २२ बलमा २९ रन, कुशल भुर्तेलले ३२ बलमा २८ रन र आसिफ शेखले १० रन बनाए।

भारतका लागि आवेश खान र रवी विश्नोईले ३–३ विकेट लिए। यस्तै अर्शदीप सिंह २ विकेट लिँदा साई किशोरले १ विकेट लिए।

यसअघि टस जितेर पहिले व्याटिङ गरेकाे भारतले पुरा २० ओभर खेल्दै ४ विकेटको क्षतिमा २०२ रन बनाएकाे थियाे ।

भारतका लागि यशश्वी जयसवालले शतक हाने ।उनले ४८ बलमा शतक हानेका हुन् ।रिंकु सिंहले ३७ , शिवम दुबेले २५ र ऋतुराज गायकवाडले २५ रन बनाए ।

बलिङतर्फ नेपालका दिपेन्द्र सिंह ऐरीले दुई तथा सन्दिप लामिछाने र साेमपाल कामीले एक एक विकेट लिए ।

 

जितसंगै भारत सेमिफाइनलमा प्रवेश गरेकाे छ भने नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

Related posts

एमाले प्रतिनिधि छनोट : बारामा संस्थापन समूह हाबी, संस्थापन इतरका ६ जना मात्रै

MadhesKhabar

कालीकामाइको विवाद झन चर्कदै ,प्रदर्शन र तालाबन्दी गर्ने असन्तुष्टहरुको चेतावनी

MadhesKhabar

पर्सामा ६ वर्षीया बालिकालाई बलात्कार गरेर ४ महिनादेखि फरार रहेका अभियुक्त पक्राउ

MadhesKhabar

Leave a Comment