Madhes Khabar
समाज हेडलाइन

सर्लाहीमा सहकारी कर्मचारी माथि गोली प्रहार

मधेसखबर
वीरगन्ज,०२ कार्तिक : सर्लाहीमा एक सहकारी कर्मचारी माथि गोली प्रहार भएको छ। बागमती नगरपालिकाको मिलन चोक नजिक सगुन बचत तथा ऋण सहकारी संस्थामा कार्यरत कर्मचारी सुजन कार्की माथि अपरिचित समूहले गोली प्रहार गरेको हो ।

भारतीय नम्बरको मोटरसाइकलमा सवार भइ तीन जनाको समुहले कार्की माथि दुई राउन्ड गोली प्रहार गरेका हुन् । गोली कार्कीको तिघ्रा र हातमा गोली लागेको छ ।घाइते कार्कीको सर्लाहीको हरिवन स्थित नमुना अस्पतालमा उपचार भइरहेको भागेको सर्लाहीका प्रहरी उपरिक्षक प्रबिण पोखरेलले बताए ।\

गोली प्रहार गर्नेहरु भागेकाले उनिहरुको खोजी भइरहेको पोखरेलले बताए ।

 

Related posts

महावीर पुनको आँटले पुर्नजीवित वीरगन्ज कृषि औजार कारखानाले १६ थरिका औजार उत्पादन गर्दै

MadhesKhabar

दिपावलीमा झिलिमिली वीरगन्ज (फोटो फिचर)

MadhesKhabar

राजश्व छलीको आशंकामा ८१ लाखको सामानसहितको ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

MadhesKhabar

Leave a Comment