Madhes Khabar
स्वास्थ्य हेडलाइन

जनकपुर र काठमाडौंको ल्याबमा गरिएको कल्चर टेष्टमा पनि वीरगन्जमा हैजा नै फैलिएको पुष्टि

वीरगन्ज,१०भदौंःवीरगन्जमा उपचाररत झाडापखालाका बिरामीहरुको दिसाको कल्चर टेष्ट (परीक्षण)मा पनि हैजा नै पुष्टि भएको छ ।यसअघि वीरगन्जमा गरिएको किट टेष्टमा हैजाको संक्रमण पुष्टि भइसकेको भएपनि जनकपुर र काठमाडौंको प्रयोगशालामा गरिएको कल्चर टेष्टमा पनि हैजा संक्रमण पुष्टि भएको हो ।

गत शुक्रबारदेखि वीरगन्जका विभिन्न वडामा हैजाको लक्षण देखिएका बिरामीहरु अस्पतालमा भर्ना हुन थालेपछि शनिबार मधेस प्रदेशको प्रादेशीक स्वास्थ्य निर्देशानलयको टोलीले कल्चर टेष्टका लागि नारायणी अस्पताल र तराई हस्पिटलमा उपचाररत ३२ जना बिरामीको दिसाको नमूना संकलन गरेको थियो ।

त्यो मध्येको २२ वटा नमूना जनकपुरस्थित प्रादेशीक जस्वास्थ्य प्रयोगशालामा र बाँकी १० वटा नमूना काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।ती दुवै प्रयोगशलामा गरिएको कल्चर टेष्टमा पनि हैजाको संक्रमण पुष्टि भएको हो ।

जनकपुरको प्रादेशीक जनस्वास्थ्य प्रयोगशालामा गरिएको कल्चर टेष्टमा १२ वटा नमूनामा हैजाको जीवाणु भिब्रियो कोलेरा भेटिएको प्रयोगशालाका मेडिकल ल्याब टेक्निोलोजिस्ट रामेश्वर दासले जानकारी दिए । १० वटा नमूनाको कल्चर टेष्ट भने प्रकृयामै रहेको र त्यसको रिपोर्ट सम्भवत बुधबार आउन उनले बताए ।

यस्तै काठमाडौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको कल्चर टेष्टमा पनि ८ वटा नमूनामा हैजाको संक्रमण पुष्टि भएको छ ।८ वटा नमुनाको कल्चर टटेष्टमा हैजाको जीवाणु भिब्रियो कोलेरा भेटिएको प्रयोगशालाका प्रमुख डा. रञ्जन भट्टले जानकारी दिए । बाँकी २ वटा नुमनाको कल्चर रिपोर्ट भने बुधबार आउने उनले बताए ।

यसअघि वीरगन्जमा स्वास्थ्य कार्यालय र वीरगन्ज महानगरपालिकाले कीटबाट गरेको परीक्षणमा हैजाको पुष्टि भइसकेको भएपनि कल्चर टेष्टका लागि पठाइएका बिरामीका दिसाको नमुना परीक्षणमा पनि हैजाकै जीवाणु भेटिएको रिपोर्ट मंगलबार साँझ आएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले पनि जानकारी दिए । मंगलबार साँझ प्राप्त कल्चर टेष्टको रिपोर्टले वीरगन्जमा हैजाको महामारी समुदायस्तरमै फैलिएको पुष्टि भएको उनले बताए ।

Related posts

वीरगन्ज कृषि औजार कारखानाबाट उत्पादित उपकरणहरु किसानलाई उपलब्ध गराइन्छ: मन्त्री क्षेत्री

MadhesKhabar

पर्सा–बारामा टर्की,बट्टाई,कडकनाथ कुखुरा पालननतर्फ किसानहरुको आकर्षण बढ्दै

MadhesKhabar

मधेसको विकास र समृद्धिलाई मुख्य प्राथमिकतामा राखेको छु : प्रधानमन्त्री प्रचण्ड

MadhesKhabar

Leave a Comment