Madhes Khabar
समाज हेडलाइन

होलीको उपलक्ष्यमा अभिभावक संघले आयोजना गरेको कार्यक्रममा ७५ जनाद्वारा रक्तदान

मधेसखबर
वीरगन्ज,२०फागुनः अभिभावक संघ वीरगन्जले होली पर्बको उपलक्ष्यमा शनिबार वीरगन्जमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
घण्टाघर चोकमा आयोजित रक्तदान कार्यक्रममा ७५ जनाले रगतदान गरेका छन् । रगतदान गर्नेहरुमा संघका अध्यक्ष सन्दीप साह , अमित गुप्ता ,उतम लिम्बू नरेन्द्र तिवारी ,मनिष मिश्र, कौशलकिशोर सर्राफ , फुलसरिफ हवारी ,सन्दिप चौरसिया ,सन्तोष साह रबिन्द्र गुप्ता ,चन्द्रिका साह , नन्द लाल रौनियार लगायतका रहेको रक्त सन्चार केन्द्र वीरगन्जले जनाएको छ ।

संघका अध्यक्ष साहको अध्यक्षता तथा कार्यक्रमका संयोजक मनिष मिश्रको संयोजनमा भएको रक्तदान कार्यक्रममा संघका पदाधिकारी , सदस्य लगायतको उपस्थिती रहेको थियो ।

Related posts

काँग्रेसकाे समानुपातिक उम्मेदवार : केन्द्रीय नेता देखि पत्नी , बुहारी र भान्जी सम्म (सूची सहित)

MadhesKhabar

शुल्क निर्धारणका लागि निजी विधालयहरुको अनुगमन आफै गर्दै मेयर सिंह

MadhesKhabar

रासायनिक मलको अनुदान यथावत राख्दै मुल्य नबढाउने सरकारको निर्णय

MadhesKhabar

Leave a Comment