Madhes Khabar
समाज

बारामा तेरापंथ युवक परिषदले आयोजना गरेको शिविरमा १ सय १६ जाले गरे रक्तदान

वीरगन्ज,३०भदौंःबारामा आइतबार तेरापंथ युवक परिषदले आयोजना गरेको रक्तदान शिविरमा ११६ जनाले रगतदान गरेका छन् । परिषदले १५ सय पोका रगत संकलनका लागि थालेको ११ दिने बृहत रक्तदान शिविर अन्तर्गत आइतबार बाराको छातापिपरास्थित त्रिवेणी ग्रुपमा आयोजित कार्यक्रममा ८ महिलासहित ११६ जनाले रक्तदान गरेका हुन् ।

रक्तदान गर्नेहरुमा नमु थापा,रूपावती चौधरी,लक्ष्मी तिमल्सिना,शालीनी चौधरी,चन्द्रला राइ, मनिषा गौतम,विवेकक चौधरी,संसार गिरी, अनील साह, राजेशप्रसाद पटेल लगायतका रहेको कार्यक्रमका सह–संयोजक नरेश भन्सालीले जानकारी दिए ।

आइतबारको रक्तदान कार्यक्रममा परिषदका अध्यक्ष लोकेश जम्मड ,मानव अधिकारकर्मी राजेश जैन बोथरा लगायतको सहभागीता थियो ।११ दिने अभियान अन्तर्गत आइतबारसम्म ७ सय ६६ पोका रंगत संकलन भइसकेको अध्यक्ष जम्मडले बताए । यसअघि शनिबार वीरगन्जको तेरापंथ भवनमा आयोजित कार्यक्रममा २ सय ११ जनाले रक्तदान गरेका थिए ।

 

Related posts

सबैजना हाेलीमा रमाइरहेका बेला अस्पतालमै पुगेर दुई बिरामीलाई आर्थिक सहयोग

MadhesKhabar

ठोरीका मृगौला पिडित श्रेष्ठकाे उपचारका लागि १ लाख ७५ हजार नगद सहयोग

MadhesKhabar

पर्सा : शंकरसरैयाको सरकारी विद्यालयमा उपकार सेवा नेपालले दियो ५ थान पंखा

MadhesKhabar

Leave a Comment