Madhes Khabar
समाज

प्रभु हस्पिटलको टोलीद्धारा महिला थुनुवा र प्रहरीको निशुल्क स्वास्थ्य परिक्षण

मधेसखबर
वीरगन्ज,०५ कार्तिक : जिल्ला प्रहरी कार्यालय पर्साको थुनुवा कक्षमा रहेका महिला बन्दी र महिला प्रहरीहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ ।

वीरगन्जमा रहेको प्रभु हस्पिटलको आयोजनामा जिल्ला प्रहरी कार्यालयमै शनिबार आयोजित स्वास्थ्य शीवीरमा थुनुवा कक्षमा रहेका महिला बन्दी र महिला प्रहरीहरुको स्वास्थ्य परिक्षण गरिएको हो ।

प्रभु हस्पिटलकी वरिष्ठ स्त्रीरोग तथा प्रसुतीरोग विशेषज्ञ डाक्टर लक्ष्मी थापा नेतृत्वको टोलीले ११ जना थुनुवा महिला र २३ जना महिला प्रहरी गरि ३४ जनाको स्वास्थ्य चेकजाँच गरेको कार्यक्रम संयोजक दिलिपराज कार्कीले जानकारी दिए ।

चाडपर्व र चुनावी व्यस्तताले समय नपाउने र रोगका कारण महिला सुरक्षाकर्मीलाई असहज भैरहेको जानकारी पाएपछि प्रहरी उपरीक्षक रमेश बस्नेतको पहलमा शनिबार जिल्ला प्रहरी कार्यालयमै पुगेर महिला बन्दी र महिला प्रहरीहरुको स्वास्थ्य चेकजाँच गरिएको कार्कीले बताए ।

Related posts

साथीले बोकेको बन्दुक पड्किंदा गोली लागेर एक जनाको मृत्यु

MadhesKhabar

वीरगन्जमा गोंड समाज उत्थान समितीको केन्द्रिय बैठक सम्पन्न :आदिवासी जनजातीमा सुचिकृत गर्न माग

MadhesKhabar

प्रहरीको समन्वयमा छोरीको बिहेका लागि दुई परिवारलाई नगदसहित भाडावर्तन सहयोग

MadhesKhabar

Leave a Comment