Madhes Khabar
समाज

साथीले बोकेको बन्दुक पड्किंदा गोली लागेर एक जनाको मृत्यु

मधेसखबर
वीरगन्ज,१४जेठः
दाङमा सिकार खेल्न गएका एक जनाको बन्दुकको गोली लागेर मृत्यु भएको छ। बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सिमानामा पर्ने जंगलमा साथीले बोकेको बन्दुक पड्किएर गोली लाग्दा लमही नगरपालिका–१ निवासी भागबहादुर पुनको मृत्यु भएको हो ।
पुन चार जना साथीसंगै शुक्रबार दिउँसो सिकार खेल्न जंगल गएका थिए । सिकार खेल्न गएका साथीले बोकेको बन्दुक पड्किंदा घाटीमा गोली लागेका पुनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरिक्षक सुरेश काफ्लले बताए ।
मृतक पुनसँग सिकार खेल्न गएका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक काफ्लले बताए ।

Related posts

मानव सेवा आश्रम वीरगन्जको भवन निर्माणका लागि एक दाताले दिए ५ लाख ११ हजार गोप्य दान

MadhesKhabar

महानगरवासीको चाहनाले चुनाव लडेको रम्भा मिश्राको भनाइ

MadhesKhabar

चुरे दिवसको अवसरमा वीरगन्जको आदर्शनगरमा वृक्षारोपण

MadhesKhabar

Leave a Comment