Madhes Khabar
समाज

महानगरवासीको चाहनाले चुनाव लडेको रम्भा मिश्राको भनाइ

मधेसखबर
वीरगन्ज,२२ बैशाख
:लोसपाले एमालेसंग चुनावी तालमेल गरेपछि रुष्ट हुदै वीरगन्ज महानगरको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी रम्भा मिश्राले महानगरवासीको चाहना अनुसार नै आफु चुनावी मैदानमा उत्रिएको बताएकि छन् ।
पार्टीले टिकट नदिएपनि महानगरवासीको चाहना र आग्रहमा आफुले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाइ छ ।
महानगरका विभिन्न वडामा चुनावी घरदैलो र भेटघाट कार्यक्रमलाइ तिब्रता दिएकि मिश्राले आफुले नगरवासीको अपार माया र समर्थन पाइरहेको पनि बताइन् ।
महानगरको वडा नम्बर २४ र २५ मा चुनावी घरदैलो गर्ने क्रममा मिश्राले मतदातसंग भनिन् ,‘ राजनितीक दलमा महिलाहरुलाई जहिले पनि विभेदमा पारिएको , यसपाली पनि अधिकांश दलहरुले प्रमुख र उप प्रमुख दुवै पदमा पुरुषलाइ उम्मेदवार बनाएर, महिलाको हक खासेका छन् , यसको जवाफ मतदाताले चुनावमा दिनछन् ।
वीरगन्जको मेयर र उमपेयर दुवै पदमा अधिकांश दलले पुरुषलाइ नै उम्मेदवार बनाउनु महानगरकै लागि दुर्घाग्य रहेको उनले बताइन् । उनले भनिन ,‘ कुनै पनि महिलालाई समस्या भए समस्या बुझन महिला नै चाहिन्छ , त्यसैले नगरवासिको चाहना अनुसार मैले स्वतन्त्रबाट भएपनि उम्मेदवारी दिएकी हु ।

Related posts

वीरगन्जमा हिन्दु परिषदको कार्यक्रममा ८६ जनाद्वारा रगत दान

MadhesKhabar

दलित बालबालिकाको शिक्षामा पहुँच बढाउनका लागि आर्थिक सहयोग

MadhesKhabar

मधेसकी चेली निकिता पहिलो प्रयासमै बनिन् पुलिस इन्स्पेक्टर

MadhesKhabar

Leave a Comment