Madhes Khabar
समाज

वीरगन्जमा आयोजित ह्विल चेयर दौड प्रतियोगितामा सन्तोष महतो प्रथम

मधेसखबर
वीरगन्ज,१२मंसिर : विश्व अपाङ्ग दिवसका अवसरमा शनिबार वीरगन्जमा ह्विल चेयर दौड प्रतियोगिता सम्पन्न भएको छ । एलाईड युथ सोसाईटीले वीरगन्जको आदर्शनगर स्थित पूरानो बसपार्क परिसरमा आयोजना गरेको ह्विल चेयर दौड प्रतियोगितामा ६ जनाले भाग लिएका थिए ।

प्रतियोगितामा सन्तोष महतो प्रथम, महाविर राम द्वितिय र रामअयोध्या प्रसाद तृतीय भएका छन् । प्रतियोगितका विजेता र सहभागीहरुलाई प्रमाणपत्र र कम्बल प्रदान गरि सम्मानित गरिएको छ ।

संस्थाका अध्यक्ष आकाश दासको अध्यक्षतामा भएको समापन कार्यक्रममा वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, पर्साका प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकी, मधेस विश्व विद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक शाक्य, डाक्टर अशोक दास लगायतले प्रमाणपत्र र न्यानो कम्बल प्रदान गर्दै सम्मानित गरेका हुन् ।

Related posts

लागु औषधको कुलतबाट सन्तानलाई जोगाउन अभिभावक सचेत हुनुपर्छ : उपमेयर आलम

MadhesKhabar

वीरगन्जको बाल सुधार गृहलाई एयरकुलर, ल्यापटप र कम्पयुटर प्रदान

MadhesKhabar

पर्साकाे सिसियाडीमा विपन्न परिवारका २५० जनालाई कम्बल वितरण

MadhesKhabar

Leave a Comment