Madhes Khabar
समाज हेडलाइन

पर्सामा दलित सशक्तिकरणका लागि सन्चालित कार्यक्रमको अनुगमन

मधेसखबर
वीरगन्ज,०५ कार्तिक : पर्सामा दलित समुदायको सशक्तिकरणका लागि पिसफोर दलित फाउन्डेसन नेपालले सन्चालन गरेको विभिन्न योजना र कार्यक्रमको अनुगमन गरिएको छ ।

नेपाल सरकारका पूर्बसचिव डाक्टर मान बहादुर विक नेतृत्वको टोलीले शनिबार सखुवा प्रसौनी गाँउपालिका ३ कौवाबन कटैयामा सन्चालित निशुल्क ट्युसन कक्षाहरुको अनुगमन गर्नुका साथै दलितवस्तीका अगुवाहरुसंग अन्तरकृया पनि गरेको छ ।

त्यसक्रममा विकले दलितवस्तीका दलित बालबालिकाको शिक्षामा पहुँच , शैक्षिक समस्या , बालबालिकाको स्वास्थ्य अवस्था , बालबालिका माथिको हिंसा , बाल श्रम शोषण बारे स्थानीयसंग छलफल पनि गरे ।

छलफल तथा अन्तरकृयामा पुर्वसचिव विकले दलित समुदायको राजनीतिमा पहुँच , स्थानीय निर्वाचनमा पहुँच , प्रतिनिधि सभा र प्रदेश सभामा दलित समुदायको प्रतिनिधित्व बारे कार्यपत्र प्रस्तुत पनि गरे ।

कार्यक्रममा विकलाई पिसफोर दलितस फाउन्डेसन नेपालले गम्छा ओढाएर सम्मानित पनि गरेको थियो ।कटैया गाउँका दलित अगुवा टुअर महरा चमारको अध्यक्षतामा आयोजित कार्यक्रममा दलित महिला वडा सदस्य सुरस्वती देवी राम, फाउन्डेसनका मधेस प्रदेश अध्यक्ष मनोज राम, पर्सा उपाध्यक्ष चन्द्रकिशोर राम, प्रमानन्द राम, सुरेन्द्र पासवान , अशोक राम , दीपेन्द्र राम लगायतको उपस्थिती थियोे ।

Related posts

बारा र रौतहटका किसानमा खुशीयाली ल्याउने जमुनी सिंचाई योजनाको काम ४ वर्षदेखि ठप्प

MadhesKhabar

ग्राहक ठग्ने कलैयाका आठ वटा पसललाइ कारबाही

MadhesKhabar

अन्तर्राष्ट्रिय नारी दिवसमा वीरगन्ज जेसिसद्वारा चार महिला सम्मानित

MadhesKhabar

Leave a Comment