Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्ज–१० मा वडाध्यक्ष कानु उत्रिए एक्शनमा : बोरिङमा जोडिएको मोटरको पाइप काट्न थाले

वीरगन्ज,२७असारःवीरगन्ज महानगरपालिका वडा नम्बर १० मा पानीको संकट चुलिएपछि वडाध्यक्ष सुशील साह कानुले घर घरमा पुगेर डीप बोरिङको पाइपलाइनबाट विद्युतीय मोटर जोडेकाहरुको पाइप काट्न सुरु गरेका छन् ।

वडाध्यक्ष कानुले शुक्रबारदेखि आँफै घरघरमा पुगेर बोरिङबाट पानी आपुर्ति भइरहेको पाइपलाइनको पाइपमा मोटर जोडिएको पाइप काटेर ती घरको बाहिरपट्टी एउटा मात्र धारा राख्न थालेका हुन् । शुक्रबार वडा नम्बर १० मा पर्ने बजरंग टोल र ग्यालेक्सी स्कुल रहेको टोदमा पुगेर वडाध्यक्षले मोटर जोडिएका ४७ वटा घरको पाइप काटेर ती घरका अगाडि एउटा मात्रै धारा राखेका छन् ।

शुक्रबारदेखि सुरु गरिएको मोटरको पाइप काट्ने काम अब वडा नम्बर १० का हरेक टोलमा पुगेर गरिने वडाध्यक्ष कानुले बताए ।
वडाध्यक्ष कानुका अनुसार, वडा नम्बर १० मा मात्रै विभिन्न टोलमा गरी २७ वटा डीप बोरिङ गाडिएको छ । तीबाट वडा नम्बर १० का करिब १८ सय घरधुरीममा पानीको आपूर्ति भइरहेको वडाध्यक्ष कानुले बताए ।

डीप बोरिङको पाइपलाइनबाट सिधै मोटर जोडेर छतमा रहेको ट्यांकी, शौचालय र भान्छामा पाइप लगेर पानी भर्ने गरिएका कारण अन्य धाराहरुमा पानी नआउने , आएपनि कम आउने गर्दा पानीको समस्या झन् बढेको वडाध्यक्ष कानुले बताए । उनले भने,‘ मोटर जोडेर एउटै घरमा चार पाच वटा टुटी लगाइएको पनि भेटिएको छ ।’

त्यसैका कारण शुक्रबारदेखि आँफु स्वंय टोल टोलमा पुगेर डीप बोरिङको पाइपलाइनमा सिधै जोडिएको मोटरको पाइप काट्न थालेको उनले बताए । सिधै मोटर नजोड्ने हो भने अहिलेददेखिएको पानीको संकट धेरै हदसम्म समाधान हुने उनले बताए ।

विपदका बेला केहि मानिसले आफ्नोमात्रै सुख सुविधा खोजेको तर त्यसले अन्न्य मानिसलाई थप मर्का परिरहेको भन्दै वडाध्यक्ष कानुले भने,‘अहिले पानीको संकट बढेको छ । यो विपदमा सुविधा खोज्ने होइन , संकट टार्ने काम गर्नुपर्छ । ’

साथै अब शनिबारदेखि अनुगमनका क्रममा सिधै मोटर जोडिएको पाइएको भेटिएमा उक्त मोटर जफत गर्नुका साथै सम्बन्धित घरधनीलाई ५ हजार रुपैयाँ जरीवाना गरिने जानकारीपनि वडाध्यक्ष कानुले बताए ।

 

 

Related posts

वीरगन्जमा आफ्नै नाबालिका छोरीलाई बलात्कार गर्ने बुवा पक्राउ

MadhesKhabar

मधेस प्रदेश सभा : ८ महिनाको काम बजेट पासमात्रै, सांसदको तलब भत्तामा ८ करोड खर्च

MadhesKhabar

वीरगन्जको आइसिपीमा सुर्य नेपालले रोपेको विरुवा हुर्काएर इन्टरमोडेललाई हस्तान्तरण

MadhesKhabar

Leave a Comment