Madhes Khabar
राष्ट्रिय हेडलाइन

देशभरिमै उत्कृष्ट भई सम्मानित भएका पर्साका एसपी मिश्रकाे ७ महिनापनि नबित्दै सरुवा

वीरगन्ज,१असाेज:जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख ,प्रहरी उपरीक्षक(एसपी) गौतम मिश्रको सरुवा भएको छ।बुधबार गृहमन्त्रालयकाे सिफारिसमा प्रहरी प्रधान कार्यालयले ४८ जना एसपीकाे सरुवा गर्ने क्रममा पर्साका एसपी मिश्रकाे पनि सरुवा गरेकाे हाे।

 

प्रहरी प्रधान कार्यालयले एसपी मिश्रको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीकाे आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखामा सरुवा गरेको हाे।

अब पर्साकाे एसपीमा सुदीपराज पाठक आउने भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौंमा कार्यरत पाठकलाई प्रहरी प्रधान कार्यालयले पर्सामा सरुवा गरेकाे हाे ।

 

मिश्रले गत माघ १४ गते प्रहरी प्रधान कार्यालयले गरेकाे सरुवापछि जिल्ला प्रहरी कार्यालय पर्साकाे प्रमुखकाे कार्यभार सम्हालेका थिए ।प्रहरी प्रधान कार्यालयकाे मानव बेचबिखन अनुसन्धान ब्युराे काठमाडौंमा कार्यरत मिश्रलाई गत माघ ११ गते पर्सामा सरुवा गरेपछि उनले गत माघ १४ गतेदेखि पर्सा प्रहरीको कमान्ड सम्हालेका थिए ।

 

गत वर्षकाे मधेस प्रदेशभरिकै ८ जिल्लामा उत्कृष्ट तथा हालै मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणमा देशभरिमै सर्वाेत्कृष्ट भई नेपाल सरकारकाे महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट सम्मानित हुन सफल एसपी मिश्रकाे अचानक सरुवा हुदाँ पर्सावासी आश्चर्यमा परेका छन् ।

Related posts

वीरगंज–२७ उदयपुरघुर्मीमा रास्वपा उम्मेदवार सुशील साह कानुको भव्य स्वागत

MadhesKhabar

पर्सा–बारामा रहेका २९ मध्ये २५ वटा डिप ट्युबेल जीर्ण भई बन्द हुदाँ किसान मर्कामा

MadhesKhabar

व्याक्तिको कब्जामा रहेको जग्गा खाली गराउन वीरगन्ज महानगर सफल

MadhesKhabar

Leave a Comment