Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

वीरगन्ज भन्सारको राजश्व संकलनमा आएन सुधार,फेरि लगातार दुई महिना असफल

वीरगन्ज,०५असोजः चालु आर्थिक वर्षमापनि वीरगन्ज भन्सार कार्यालयको राजश्व संकलनमा सुधार आउन सकेको छैन । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामापनि वीरगन्ज भन्सार कार्यालय लगातार राजश्व संकलनको लक्ष्य पुरा गर्न असफल भएको छ ।

गत भदौं र साउन दुवै महिनामा वीरगन्ज भन्सार कार्यालयले राजश्व संकलनको लक्ष्य पुरा गर्न नसकेको हो । गत भदौं महिनामा भन्सार विभागले वीरगन्ज भन्सारलाई १८ अर्ब ७० करोड ४० लाख १६ हजार रुपैयाँ राजश्व संकलन गर्न लक्ष्य दिएकोमा वीरगन्ज भन्सारले उक्त लक्ष्यको ७१ प्रतिशतमात्र संकलन गर्न सकेको छ ।

भदौंमा वीरगन्ज भन्सारले लक्ष्य भन्दा ५ अर्ब ४६ करोड ४१ लाख कम अर्थात १३ अर्ब २३ करोड ९८ लाख ८५ हजाार पाँच सय रुपैयाँमात्र राजश्व स.कलन गर्न सकेको भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले जानकारी दिए ।

यस्तै गत साउन महिनामापनि लक्ष्यको ७२ प्रतिशतमात्र राजश्व संकलन भएको उनले बताए । उनका अनुसार,गत साउन महिनामा भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयलाई १६ अर्ब ८६ करोड ८७ लाख ४० हजार रुपैयाँ राजश्व संकलन गर्न लक्ष्य दिएको थियो । तर साउन महिनामापनि वीरगन्ज भन्सारले लक्ष्य भन्दा ४ अर्ब ७० करोड ५४ लाख ८२ हजार रुपैयाँ कम अर्थात १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार रुपैयाँ मात्र राजश्व संकलन गर्न सकेको थियो ।

गत साउन र भदौं दुवै महिनामा गरी वीरगन्ज भन्सार काार्यालयले लक्ष्य भन्दा १० अर्ब १६ करोड ९६ लाख रुपैयाँ कम राजश्व संकलन गरेको छ । दुवैमहिनामा गरी भन्सार विभागले वीरगन्ज भन्सारलाई ३५ अर्ब ५७ करोड २७ लाख ५६ हजार राजश्व संकलनको लक्ष्य दिएकोमा वीरगन्ज भन्सारले लक्ष्यको ७१ प्रतिशतमात्र अर्थात २५ अर्ब ४० करोड ३१ लाख ४३ हजारमात्र राजश्व संकलन गरेको हो ।

वीरगन्ज भन्सारले गत आर्थिक वर्ष २०८/८१ को पहिलो दुई महिना (साउन र भदौं) मा पनि लक्ष्यको ७० प्रतिशत मात्र अर्थात २४ अर्ब ५७ अर्ब ९२ लाख ५७ हजार राजश्व संकलन गरेको थियो ।

यस्तै गत आर्थिक वर्ष २०८०/८१ मा पनि वीरगन्ज भन्सारले लक्ष्यको ६४.०१ प्रतिशतमात्रै संकलन गर्न सकेको थियो । वीरगन्ज भन्सारले गत आर्थिक वर्षमा साउनदेखि असारसम्मको १२ महिनामध्ये कुनैपनि महिनामा राजश्व संकलनको लक्ष्य पुरा गर्न सकेको थिएन ।

वीरगन्ज भन्सार कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७९/८० मापनि राजश्व संकलनको लक्ष्य पुरा गर्न असफल भएको थियो । अघिल्लो गत आर्थिक वर्षम २०७९/८० मा वीरगन्ज भन्सारले लक्ष्यको ६०.२० प्रतिशत मात्र राजश्व संकलन गरेको थियो ।

तर त्यसअघिको आर्थिक वर्ष २०७८/७९ मा भने वीरगन्ज भन्सारले लक्ष्य भन्दा बढी नै अर्थात लक्ष्य भन्दा शुन्य दशमलव ५४ प्रतिशतले बढि राजश्व संकलन गरेको थियो ।तर त्यसअघिका लगातार पाँच वर्ष (आर्थिक वर्ष २०७२/०७३ देखि २०७७/७८ सम्म) मा भने वीरगन्ज भन्सार राजश्व असुलीको लक्ष्य पुरा गर्न असफल नै भएको थियो ।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले बढी राजश्व दिने मुख्यत नयाँ सवारीसाधन र पेट्रोलियम पदार्थको आयात नै कम भइरहेका कारण कारण वीरगन्ज भन्सारको राजश्व संकलनमा नकरात्मक प्रभाव परिरहेको बताए । उनले भने,‘ वीरगन्ज भन्सारको कूल राजश्व संकलनमा सवारीसाधन र सवारीसाधनको योगदान ६० देखि ६५ प्रतिशतको हाराहारीमा पुग्छ । तर ती दुवैको आयात नै बढ्न सकेको छैन । त्यसैले राजश्व संकलनमा असर परेको हो ।

यसका अतिरिक्त चीन लगायतका तेश्रो मुलुकबाट आउने मालवस्तुको वीरगन्ज नाकाबाट हुने आयातपनि घटेका कारणलेपनि वीरगन्ज भन्सारको राजश्व संकलन कम हु्न पुगेको उनले बतााए । लामिछानेले भने,‘पछिल्लो समय चीनसंग जोडिएका उत्तरका दुई नाकाहरु खुलेका छन् ।चीनबाट आउने मालसामान प्राय उतैबाट बढी आउन थालेको छ ।यसलेपनि वीरगन्ज भन्सारको राजश्व संकलनमा असर परेको देखिन्छ।’

साथै कोरोना महामारी यता थलिएको नेपाली बजार अहिलेसम्मपनि पूर्ण रुपमा चलायमान हुन नसकेका कारण समग्र व्यपारको अवस्थामा सुधार नआउँदा मालवस्तुको आयात नै कम भइरहेका कारणलेपनि भन्सार राजश्व संकलनमा सुधार आउन नसकेको उनले बताए ।तर यो असोज महिना सुरु भएसंगै राजश्व संकलनमा सुधारका संकेतहरु देखा पर्न थालेकोपनि लामिछानेले बताए ।

Related posts

पत्रकार नेहाल खानकाे उपचारका लागि पत्रकार राघव साहले गरे ५१ हजार सहयाेग

MadhesKhabar

पहाडमा आज फागु पुर्णिमा मनाइँदै,मधेसमा भाेलि हाेली

MadhesKhabar

वीरगन्जको बजारमा बिक्न छोड्यो मजदुरको पसिना

MadhesKhabar

Leave a Comment