Madhes Khabar
अर्थतन्‍त्र

सुनकाे मूल्य फेरि बढ्याे,ताेलाकाे कति ?

वीरगन्ज,१६कात्तिक:लगातर घट्दो क्रममा रहेको सुनको भाउ गत शुक्रबारदेखि बढ्न थालेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सुचीअनुसार शुक्रबारको तुलनामा आइतबार पनि सुन प्रतितोला सात सय रूपैयाँले बढेको हो।

आइतबार स्थानीय बजारमा सुन प्रतितोला दुई लाख ३९ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार भने सुन प्रतितोला दुई लाख ३९ हजार रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आइतबार चाँदीको मूल्य भने प्रतितोला ५ रूपैयाँले घटेको छ। शुक्रबार तोलाको तीन हजार ६० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार तीन हजार ५५ रूपैयाँ पुगेको हो।

अन्तर्राष्ट्रिय बजारमा अहिले भने सुन प्रतिऔंस चार हजार २ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Related posts

वीरगन्ज नाका हुँदै ६ महिनामा भित्रियो साढे ७ अर्ब बढीको दलहनजन्य खाद्यान्न

MadhesKhabar

सुनको भाउमा कीर्तिमान : तोलाको १ लाख ५६ हजार ८०० रुपैयाँ पुग्यो

MadhesKhabar

घटयो पेट्रोल र डिजेलको मूल्य

MadhesKhabar

Leave a Comment