Madhes Khabar
अर्थतन्‍त्र

खाद्य स्वच्छताको आधारमा वीरगन्जका होेटलहरुको स्तर वर्गिाकरणको काम सुरु

वीरगन्ज,५मंसिरः खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरले वीरगन्जका होटलहरुको अनुगमन गर्दै वर्गीकरण गर्ने काम सुरु गरेको छ ।

वीरगन्जमा रहेका होटलहरुको भान्साको सरसफाइ , खाद्यजन्य पदार्थको भण्डारण गर्ने विधि र कोल्डचेन प्रबिधि लगायतको अनुगमन गरेर खाद्य स्वच्छता स्तरको आधारमा टोलीले होटलहरुको स्तर निर्धारण गरि वर्गीकरण कार्य सुरु गरेको हो ।

खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय जनकपुरको संयोजनमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग वीरगन्जका खाद्य अनुसन्धान अधिकृत सुरेश कुमार सिंहको नेतृत्वमा रहेको टोलीले बुधबार वीरगन्जका १० वटा होटलहरुको अनुगमन गरेको हो ।

अनुगमनको क्रममा होटलहरुको भान्सा , भण्डारण गरिएको खाद्यजन्य बस्तुहरुको चेकजाँच गर्नुका साथै टेस्टो मिटरद्वारा भन्सामा प्रयोग गरिएका तेलको कोलारिटी समेत जाँच गरिएको खाद्य अनुसन्धान अधिकृत सिंहले बताए।

बुधबार अनुगमन गरिएका १० वटा होटलहरु मध्ये सरोबर प्रोटिक होटल , होटल दियालो लर्डस् र भिस्वा होटललाइ खाद्य स्वच्छताको आधारमा अति उत्तम (थ्रीस्टार) प्रमाणीकरण गरि लोगो बितरण एंव नवीकरण गरिएको अनुगमन टोलीका संयोजन सदस्य तथा होटल तथा पर्यटन ब्यबसायी संघ पर्साका अध्यक्ष हरि पन्तले बताए ।

यस्तै खाद्य स्वच्छताको आधारमा होटल पुजन ,होटल मकालु र अनमोल स्वीट्सलाइ उत्तममा वर्गीकरण गरेर टू स्टारको लोगो बितरण गरिएको उनले बताए ।यस्तै कन्ट्री इन् होटल प्रालि , कैलाश होटल र मेजवान होटललाई वान् स्टारको लोगो दिइएको भन्दै पन्तले डिलाइट गो रेस्टुरेन्टलाई सामन्यको लोगो दिएर केहि सुधारको निर्देशन समेत दिइएको बताए ।

पन्तले लोगो बितरणमा कुनै पनि होटललाइ पक्षपात हुन नहुने र त्यसो नगरिने प्रतिबद्धता समेत जनाए । पन्तले वीरगन्जजका सबै होटलहरुलाई खाद्य स्वच्छता अभियानमा सरिक भएर उपभोक्तालाई स्वच्छ र हाइजेनिक फूड र परिकारहरु पस्कन अनुरोध समेत गरे ।

अनुगमन टोलिमा वाणिज्य कार्यालय वीरगन्जका प्रमुख सुनिल चौरसिया, वीरगन्ज उद्योग बाणिज्य संघका मनोज कुमार दास,वीरगन्ज महानगरपालिकाकी प्रतिनिधि बिभा मिश्र,जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरुकोपनि सहभागिता थियो ।

Related posts

वीरगन्ज नाका हुँदै ६ महिनामा भित्रियो साढे ७ अर्ब बढीको दलहनजन्य खाद्यान्न

MadhesKhabar

वीरगन्ज उद्योग वाणिज्य संघद्धारा मन्त्री यादवलाई धन्यवाद

MadhesKhabar

निजी क्षेत्रकाे सुझाव सरकारले नमान्दा आर्थिक मन्दीको अवस्था आएको उद्योगी-व्यवसायीकाे गुनासाे

MadhesKhabar

Leave a Comment