काठमाडौं,२जेष्ठः नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको छ ।बुधबार सँँझ बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५/५ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो । घटेको मूल्य बुधबारराति १२ बजेपछि देखि लागू हुने आयल निगमले जनाएको छ ।
यसअघि वीरगन्जमा पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ ५० पैसा र डिजेल-मट्टितेल लिटरमा १५६ रुपैयाँ ५० पैसा थियो । अब वीरगन्जमा पेट्रोल लिटरको १६८ रुपैयाँ ५० पैसा र डिजेल÷मट्टितेल लिटरको १५१ रुपैयाँ ५० पैसा पर्ने आयल निगमका प्रवक्ता मनोज ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

