Madhes Khabar
अर्थतन्‍त्र

भारतबाट इन्धनको नयाँ मूल्यसूची आयो, पेट्रोलमा ८ रुपैया बृद्धि

मधेसखबर
वीरगन्ज,१८जेठः
भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।
आईओसीले बुधबार पठाएको मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ २१ पैसा र मट्टितेलको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ ९८ पैसा बढेर आएको छ ।

त्यस्तै, आईओसीले पठाएको ननयाँ मूल्यसूचीमा खाना पकाउने एलपी ग्यास, डिजेल र हवाई इन्धनको मूल्य भने घटेको निगमले जनाएको छ । डिजेलमा भने प्रतिलिटर ७ रुपैयाँ ४ पैसा घटेको छ । त्यस्तै, ग्यासमा प्रतिसिलिन्डर १ सय २२ रुपैयाँ र हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा घटेर आएको आयल निगमले जनाएको छ ।

निगमले भारतबाट आएको सूचीअनुसार नेपालमा पनि इन्धनको मूल्य समायोजन गर्ने गरेको छ ।
नेपाल आयल निगमले हाल आईओसीलाई पुरानो करिब १६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

Related posts

वीरगञ्ज महानगरको शिक्षा शाखा प्रमुखलाई विद्यार्थीले कार्यकक्षमै थुने

MadhesKhabar

एक वर्षमा ११ करोड रुपैयाँको नेपाली अचार विदेशमा निर्यात

MadhesKhabar

फेरि घट्याे पेट्रोल र डिजेलकाे मूल्य

MadhesKhabar

Leave a Comment