Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

वीरगन्ज नाका हुँदै ६ महिनामा भित्रियो साढे ७ अर्ब बढीको दलहनजन्य खाद्यान्न

फाइल तस्बिर ।

वीरगन्ज,१८माघःचालु आर्थिक वर्ष २०८२\८३ को पहिलो ६ महिनाको अवधिमा भारत तथा तेस्रो मुलुकबाट साढे ७ अर्ब भन्दा बढी मूल्य बराबरको दलहनजन्य खाद्यान्न भित्रिएको छ ।

गत साउनदेखि पुससम्म ६ महिनाको अवधिमा वीरगन्ज नाका हुदैं ७ अर्ब ६४ करोड रुपैयाँ मूल्यको सात थरिका दलहनजन्य खाद्यान्न नेपालमा आयात भएको हो ।जुन गत आर्थिक वर्षको ६ महिनाको भन्दा एक अर्ब ८० करोड बढी मूल्यको दलहन खाद्यान्न भित्रिएको हो ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको ६ महिनामा दलहनजन्य खाद्यान्नको आयात ३१ प्रतिशतले बताए । जबकि गत आर्थिक वर्षको ६ महिनामा भने ५ अर्ब ८३ करोड रुपैयाँ बरबारको सात थरिका दलहन खाद्यान्न आयात भएको थियो ।

वीरगन्ज भन्सार कार्यालयका अनुसार, चालु आर्थिक वर्षको ६ महिनामा ३ अर्ब ८२ करोड रुपैयाँ बराबरको मुसुरो दाल, १ अर्ब १७ करोड रुपैयाँ मूल्य पर्ने सिमी÷राजमा, १ अर्ब १४ करोड रुपैयाँ मूल्यको चना आयात भएको छ ।

त्यसैगरी, १ अर्ब रुपैयाँ मूल्य बराबरको अन्य गेडागुडी,२७ करोड रुपैयाँ मूल्य बराबरको रहरको दाल र १६ करोड रुपैयाँ मूल्यको केराउ आयात भएको छ । त्यस्तै ५ करोड १० लाख रुपैयाँ मूल्यको बकुल्लाको दालपनि आयात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

 

Related posts

२१ लाख खर्च गरेर सजाइयाे मुर्ली पाेखरी छठघाट

MadhesKhabar

वीरगन्ज नाकामा सुरक्षा जाँचलाई व्यवस्थित बनाउन सुरक्षा पोष्ट निर्माण,मेयर सिंहले गरे उद्घाटन

MadhesKhabar

उपचुनाव नजितेसम्म कुनै पदमा जान्नँ : रवि लामिछाने

MadhesKhabar

Leave a Comment