Madhes Khabar
स्थानिय हेडलाइन

गणतन्त्र दिवसमा वीरगन्ज कारागारबाट १९ कैदी रिहा

वीरगन्ज , १५ जेष्ठ : गणतन्त्र दिवसको अवसरमा वीरगन्ज कारागारबाट १९ जना कैदी रिहा भएका छन् । विभिन्न अपराधमा दोषी ठहर भई कैद सजाय भुक्तानी गरिरहेका १९ जना कैदी सोमबार रिहा भएका हुन् ।

१६ औं गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले देशभरका विभिन्न कारागारमा रहेका मध्ये ५०१ जना कैदीको सजाय माफी दिएका छन् । त्यहिमध्ये सोमबार वीरगन्ज कारागारबाटपनि १९ जना कैदी सजाय माफी पाएर रिहा भएका हुन् ।

वीरगन्ज कारागारबाट सोमबार रिहा हुनेहरुमा कर्तब्य ज्यान मुद्धाका ७ जना , सवारी साधन मुद्धाका २ जना , चोरी मुद्धाका ३ जना , हातहतियार खरखजाना मुद्धाका २ जना तथा ज्यान मार्ने उद्योग, अपराधिक लाभ , सवारी ज्यान उद्योग तथा अंभंग , लागु औषध , र विना इजाजत वन पैदावार हानी नोक्सानी मुद्धाका १/१ जना रहेका छन् ।

सोमबार बिहान उनिहरुलाई वीरगन्ज कारागारका निमित्त जेलर नवराज बर्तौलाले फुलमाला र टिका लगाएर विदाई गरे । त्यसक्रममा उनले कारागारबाट रिहा भइ घर फर्किएकाहरुलाई समाजमा असल काम गरेर उदाहरणीय बन्न शुभकामना पनि दिए ।

 

Related posts

पर्सा १ मा लक्ष्मणलाल कर्णलाई जिताउन काँग्रेसी नेताहरु खुलेर लागे

MadhesKhabar

नेशनल मेडिकल कलेजकाे एमडीबाट हटाइए बसरुद्दिन,जैनुद्दिनका छाेरा बने नयाँ एमडी

MadhesKhabar

पर्साको विन्दबासिनी गाउँपालिकामा न्याधिश पौडेलद्वारा अनुगमन

MadhesKhabar

Leave a Comment