Madhes Khabar
स्थानिय

नेशनल मेडिकल कलेजकाे एमडीबाट हटाइए बसरुद्दिन,जैनुद्दिनका छाेरा बने नयाँ एमडी

वीरगन्ज,११फाल्गुन:वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भेडियाहीमा रहेको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालकाे प्रबन्ध निर्देशक(एमडी)मा शाहनवाज अन्सारी चयन भएका छन्।

गत फागुन ४ मा बसेको अस्पतालको सञ्चालक समिति बैठकले यसअघि प्रबन्ध निर्देशकमा रहेका बसरुद्दिन अन्सारीलाई हटाएर शाहनवाजलाई प्रबन्ध निर्देशकमा चयन गरेको हो।शहनवाज,नेशनल मेडिकल कलेज सञ्चालक समितिका अध्यक्ष जैनुद्दिन अन्सारीका छोरा हुन्।

यसअघि लामो समयसम्म मेडिकल कलेजकाे प्रबन्ध निर्देशकमा बसरुद्दिन अन्सारी थिए। बसरुद्दिन नेकपा एमालेका मधेस प्रदेश समिति सदस्यपनि हुन्।

अस्पतालमा अब बसरुद्दिनकाे १० प्रतिशत मात्र सेयर रहेको अस्पतालका सञ्चालक समितिका अध्यक्ष जैनुद्दिनले जानकारी दिए।

Related posts

वीरगन्जमा हैजा महामारीको अपडेट : ३६ जनामा संक्रमण पुष्टि,अस्पतालमा बिरामी थपिने क्रम जारी

MadhesKhabar

पर्सा राष्ट्रिय निकुञ्जमा सेना र शिकारीबीच मुठभेड, गोली लागेर एकको मृत्यु

MadhesKhabar

पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

MadhesKhabar

Leave a Comment