Madhes Khabar
स्थानिय हेडलाइन

पर्सा राष्ट्रिय निकुञ्जमा सेना र शिकारीबीच मुठभेड, गोली लागेर एकको मृत्यु

सिमरा,७असार: पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना र शिकारीबीचको भुठभेड हुँदा एक जनाको मृत्यु भएको छ। गस्तीमा रहेको सेनाले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको हो।

मृतकको नाम खुल्न सकेको छैन। सेनाको टोली र शिकारीको समूहबीच निकुञ्ज क्षेत्रभित्र भुठभेड हुँदा गोली चलेको बुझिएको छ। सेनाले गोली चलाएपछि अन्य फरार भएका छन्।

निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले घटनाको पुष्टि गर्दै थप विवरण आउन बाँकी रहेको बताए ‘घटना भएको हो, अहिले अरू विवरण आउन बाँकी छ’, उनले भने ‘हामीले त्यसैमा लागिरहेका छौं।’

निकुञ्ज क्षेत्रभित्र वन्यजन्तुको चोरी शिकारी गर्न तस्करहरू समूह बनाएर बस्ने गरेका छन्। वन्यजन्तुको चोरी तस्करी नियन्त्रण गर्न सेनाले गस्ती गर्ने गरेको छ। गस्तीमा रहेको सेना र तस्कर समूहबीच जम्काभेट हुने गरेको छ। साभार:अन्नपूर्णपाेष्ट

Related posts

नारायणी अस्पतालमा ५०० बेडकाे भवन निर्माणका लागि माग गर्दै वीरगन्जमा जनमत पार्टीको प्रदर्शन

MadhesKhabar

वीरगन्ज २ मा महिलाहरुका लागि तालिम सन्चालन, उपमेयर आलमले गरे उद्घाटन

MadhesKhabar

पशुपति गौशाला धर्मशालामाथिको हस्तक्षेप रोक्न वीरगन्जमा पनि मारवाडी समुदायको प्रदर्शन

MadhesKhabar

Leave a Comment