Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जको रानीघाट पुलबाट सरिसवा नदीमा एक बालिकाले हाम फालिन् , खाेजी कार्य जारी

तस्बिर :राजकुमार सर्राफ

वीरगन्ज,१३असाेज:वीरगन्जको रानीघाट पुलबाट आज(आइतबार ) एक बालिकाले सरिसवा नदीमा हाफ फालेकाे समाचार प्राप्त भएकाे छ।

रानीघाटबाट रामगढवा जाने सडकखण्डमा रहेकाे रानीघाट पुलबाट आज बिहान सवा ९ बजेतिर अन्दाजी १५/१६ वर्षकि बालिकाले नदीमा हाम फालेकाे प्रत्यक्षदर्शीले बताएका छन्।

पुलबाट नदीमा हाम फालेकी ती बालिकाले नदीमा आएकाे बाढीले बगाएर बेपत्ता बनाएकाे छ।उनकाे खाेजीका लागि घटनास्थलमा प्रहरीको टाेली पुगिसकेको स्थानीय युवा राजकुमार सर्राफले जानकारी दिए।नदीमा हाम फालेर बगाएकी ती बालिकाकाे पहिचान भने खुल्न सकेकाे छैन।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीलेपनि पुलबाट एक जना बालिकाले नदीमा हाम फालेकाे सुचना प्रहरीलाई आएकाे जानकारी दिदै घटनास्थलमा प्रहरीको टाेली पुगिसकेको बताए ।

Related posts

पर्सामा माओवादीले आकांक्षी उम्मेदवारको नाम टुङगो लगायो

MadhesKhabar

वीरगंज–२४ रामगढवामा कांग्रेस कार्यकर्ता भेला सम्पन्न- चौरसियाको नेतृत्वमा चुनावी तयारी तीव्र

MadhesKhabar

भोजपुरी प्रतीष्ठानद्वारा भोजपुरी भाषाका तीन पुस्तक विमोचित

MadhesKhabar

Leave a Comment