Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जको रानीघाट पुलबाट सरिसवा नदीमा एक बालिकाले हाम फालिन् , खाेजी कार्य जारी

तस्बिर :राजकुमार सर्राफ

वीरगन्ज,१३असाेज:वीरगन्जको रानीघाट पुलबाट आज(आइतबार ) एक बालिकाले सरिसवा नदीमा हाफ फालेकाे समाचार प्राप्त भएकाे छ।

रानीघाटबाट रामगढवा जाने सडकखण्डमा रहेकाे रानीघाट पुलबाट आज बिहान सवा ९ बजेतिर अन्दाजी १५/१६ वर्षकि बालिकाले नदीमा हाम फालेकाे प्रत्यक्षदर्शीले बताएका छन्।

पुलबाट नदीमा हाम फालेकी ती बालिकाले नदीमा आएकाे बाढीले बगाएर बेपत्ता बनाएकाे छ।उनकाे खाेजीका लागि घटनास्थलमा प्रहरीको टाेली पुगिसकेको स्थानीय युवा राजकुमार सर्राफले जानकारी दिए।नदीमा हाम फालेर बगाएकी ती बालिकाकाे पहिचान भने खुल्न सकेकाे छैन।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीलेपनि पुलबाट एक जना बालिकाले नदीमा हाम फालेकाे सुचना प्रहरीलाई आएकाे जानकारी दिदै घटनास्थलमा प्रहरीको टाेली पुगिसकेको बताए ।

Related posts

१० हजार किशोरीलाई एकैसाथ आत्मारक्षा तालिम दिँदै वीरगन्ज महानगरपालिका, गिनिज बुकमा नाम दर्ज गर्ने तयारी

MadhesKhabar

मन्त्री यादवको क्षेत्रमा साढे २० करोडको लागतमा कालोपत्रे सडक निर्माण हुदै

MadhesKhabar

सिम्रौनगढमा मन्दिर नजिक पिसाब फेरेको निहुँमा लुटपाट र तोडफोड

MadhesKhabar

Leave a Comment