Madhes Khabar
राजनीति हेडलाइन

वीरगंज–२४ रामगढवामा कांग्रेस कार्यकर्ता भेला सम्पन्न- चौरसियाको नेतृत्वमा चुनावी तयारी तीव्र

वीरगंज २,फागुन:वीरगंज महानगरपालिका वडा नं. २४ रामघडवामा नेपाली कांग्रेसका कार्यकर्ताहरूको भेला सम्पन्न भएको छ।

भेलालाई सम्बोधन गर्दै चौरसियाले नेपाली कांग्रेसले सधैं विकासको जग बसाउँदै आएको उल्लेख गरे। आगामी दिनमा पनि कांग्रेसले नै विकासको नयाँ लहर ल्याउन सक्ने भएकाले उनले पार्टीलाई मतदान गर्न आग्रह गरे।

देशको ऐतिहासिक पहिचान जोगाउन, संस्कृति संरक्षण गर्न तथा सुशासन कायम राख्न नेपाली कांग्रेस आवश्यक रहेको भन्दै सबैलाई एकताबद्ध भएर चुनावी अभियानमा लाग्न चौरसियाले आह्वान पनि गरेका छन्।

प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोजित भेलामा कांग्रेस नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमले वडा नं. २४ मा कांग्रेसको संगठन सुदृढ गर्दै चुनावी माहोल थप उत्साहजनक बनेको सहभागीहरूले बताएका छन्।

कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्यामप्रसाद पटेल, पूर्वमन्त्री जनार्दन सिंह क्षेत्री,ओम प्रकाश शर्मा ,कांग्रेसका केन्द्रीय सदस्य रामरुप कुर्मी लगायत नेताहरूको उपस्थिति रहेको थियो। साथै अगुवा नेता तथा कार्यकर्ताहरू मोहम्मद साहाबुद्दिन, जंगाली राउत कुर्मी, पारस पटेल, सारदानन्द तिवारी, राजनाथ ठाकुर, रणजीत पटेल, रोशन पटेल लगायतको सहभागिता थियो ।

Related posts

साढे १८ लाख खर्च गरेर घडीअर्वा छठघाटको सजावट

MadhesKhabar

मधेस साहित्य महाेत्सवमा मधेस आन्दाेलनकाे मन्थन : मधेस आन्दाेलनकाे लाभ नेताले मात्रै लिए,जनता ठगिए

MadhesKhabar

नवरात्रकाे चाैथाे दिन आज चन्द्रघण्टा देवीकाे पूजा आराधना गरिदैं

MadhesKhabar

Leave a Comment