Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

साढे १८ लाख खर्च गरेर घडीअर्वा छठघाटको सजावट

वीरगन्ज,२१कार्तिकः छठपूजामा सजावटका लागि नेपालमै प्रसिद्ध रहेको वीरगन्जको घडीअर्वा पोखरी छठघाटको सम्पूर्ण तयारी पुरा भएको छ।

छठपूजा व्यवस्थापन समितिले बुधबार साँझ पत्रकार सम्मेलन गरि यस बारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा समितिका अध्यक्ष दिलिप साह कानुले छठघाटको व्यवस्थापन र सजावटको काम पुरा भएको जानकारी गराए ।

उनले यसपालि छठघाटको सजावट र व्यवस्थापनमा गरि करिब १८ लाख ४४ हजार रुपैया खर्च हुने अनुमान गरिएको बताए । टेण्टपण्डालमा ७ लाख ८१ हजार , परिसर बाहिरको बत्ती सजावटमा ९० हजार , भिडियो ग्राफीमा ३५ हजार , पुरस्कारमा ४ लाख ८४ , सरसफाइमा ७५ हजार रुपैया खर्च हुने समितिका कोषाध्यक्ष कन्हैया गुप्ताले जानकारी गराए ।

समितिका सचिव लखनलाल साह अनुसार , छठघाटमा ब्रतालु , दर्शनार्थी र भक्तजनहरुको सुरक्षा सहजताका लागि नेपाल प्रहरी , सशस्त्र प्रहरी र म्यादी प्रहरी गरि १ सय १० सुरक्षाकर्मी र घडीअर्वा स्पोर्ट क्लबका ४० जना स्वंयसेवक परिचालन गरिनेछ । यस्तै छठघाट परिसरमा १६ वटा सिसिटिभी क्यामेरा जडान गरिएको साहले जानकारी गराए । सादा पोशाकमा पनि प्रहरी परिचालन गरिने उनले बताए ।

गत वर्षको छठमा छठघाट सजावट र ब्यवस्थापनमा १६ लाख २८ हजार ४५२ रुपैयाँ खर्च भएको र आम्दानीबाट खर्च कटाएर ७ लाख १० हजार रुपैयाँ बचतपनि भएको समितिका कोषाध्यक्ष गुप्ताले पत्रकार सम्मेलनमा जानकारी गराए।

समितिका अध्यक्ष कानुको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पूर्व अध्यक्षहरु राजेन्द्र गुप्ता,प्रमानन्द गुप्ता,रामनगीना साह ,प्रेम साह कानु र मदन प्रसाद कलवर , वीरगन्ज १० का वडाअध्यक्ष सुशील साह कानु , समितिका उपाध्यक्ष राकेस साह कानु ,सहसचिव प्रभाकर गुप्ता ,घडीअर्वा स्पोर्ट क्लबका अध्यक्ष सन्तोष कानु,उपाध्यक्ष मनोहर साह,सचिव सन्तोष गुप्ता,नन्दु साह लगायतकोपनि सहभागीता थियो ।

Related posts

मुलुकलाई समृद्धितर्फ उन्मुख गराउन विजयादशमीले प्रेरित गर्न सकोस् : उपराष्ट्रपति यादव

MadhesKhabar

पर्सा :आँखा शिविरमा आएका सिंगापुरका डाक्टरहरुलाई कुटपिट गर्ने वीरगन्जका ६ जना पक्राउ

MadhesKhabar

बजार चलायमान नहुदाँ वीरगन्जका दुवै भन्सार राजश्वको लक्ष्य भेट्याउन फेरि पनि असफल

MadhesKhabar

Leave a Comment