Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

भोजपुरी प्रतीष्ठानद्वारा भोजपुरी भाषाका तीन पुस्तक विमोचित

मधेसखबर
मंसिर १५ गते :
भोजपुरी भाषाको उत्थान तथा विकास गर्ने उद्देश्यले वीरगंजमा आज भोजपुरी भाषाको पुस्तक विमोचन गरीएको छ ।
अन्य भाषाको उत्थान तथा विकास क्रमसः हुँदै गएपनि भोजपुरी भाषा ओझेलमा पर्दै गएको भन्दै भोजपुरी भाषाको उत्थानमा लागि परेको वतmाहरुले बताएका छन् ।
भोजपुरी प्रतीष्ठानले आयोजना गरेको पुस्तक विमोचन कार्यक्रमका प्रमुख अथिती भोजपुरी भाषा बिद् एव् भाषा आयोगका अध्यक्ष गोपाल ठाकुर, भोजपुरी प्रतिष्ठानका वरिष्ठ साहित्यकार गोपाल अस्क ,नेपाल भोजपुरी समाज वीरगञ्जका अध्यक्ष ध्रुवसिंह ठकुरी , डा। विशम्भर शर्मा , वीरगंज महानगरपालिकाका सामाजिक तथा शिक्षा महाशाखा प्रमुख अरविन्द लाल कर्ण लगायतको सहभागितामा तीन वटा पुस्तक विमोचन गरीएको हो ।
प्रतीष्ठानका सल्लाहकार सभा सदस्य गोपाल अश्कको अध्यक्षतामा भएको कार्यक्रमको संचालन भोजपुरी साहित्यकार तथा संगितकार रितु राज र सहजीकरण पत्रकार रितेश त्रिपाठीले गरेका थिए ।
भोजपुरी भाषालाई संरक्षण गर्ने उद्देश्यले नेपालमे भोजपुरी , भोजपुरीके आदिम धरोहर , भोजपुरी वर्ण विन्यास नामक पुस्तक आज विमोचन गरीएको हो ।

विमोचित पुस्तक लेखक गोपाल ठाकुर र गोपाल अश्कद्वारा लेखीएको हो ।

Related posts

पर्सा –२ मा कांग्रेसका उम्मेदवार चौरसियाद्वारा छपकैया क्षेत्रमा मतदातासँग भेटघाट

MadhesKhabar

गौ हत्या गर्नेलाई कारबाही नगरेको भन्दै वीरगन्जमा गृहमन्त्री विरुद्ध प्रदर्शन, ५ जना पक्राउ

MadhesKhabar

अजय चौरसियालाई समर्थन गर्दै बहुदरमाई–३ का वडाध्यक्षसहित दर्जनौ व्याक्तिहरु कांग्रेसमा प्रवेश

MadhesKhabar

Leave a Comment