Madhes Khabar
खेलकुद हेडलाइन

वीरगन्जमा आयोजित प्रो–क्लब टि–२० क्रिकेटको उपाधिमाथि पुलिसको कब्जा

वीरगन्ज,१४पुष : वीरगन्जमा आयोजित नेपाल प्रो–क्लब टि–२० क्रिकेट च्याम्पियनसिपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।नारायणी रंगशालाको क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा पर्सा–११ लाई एक सय रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

एक सय ४६ रनकोविशाल लक्ष्यका साथ जवाफी व्याटिंगमा उत्रिएको पर्सा–११ , ११ ओभरमा ४५ रनमै अलआउट भएपछि उपाधि पुलिसको पोल्टामा गएको हो । पहिलो ओभरमै दुई विकेट गुमाएको पर्साका लागि अनिल साह बाहेक अन्य कुनैपनि व्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् । अनिलले १२ बलमा १३ रन बनाए कप्तान सुरज पटेल ६ रनमात्रै बनाउदै पेभोलियन फर्किए । हासिम अन्सारीले ९ रन बनाउँदा पवन सर्राफ ७ रनमै आउट भए । ओपनर इमरान शेख,अल्फाज मन्सुरी , समसाद मन्सुरी र रन्जित कुमार डक आउट भए ।

पर्सालाई सस्तैमा समेट्ने क्रममा पुलिसका बलर सागर ढकाल एक्लैले ४ विकेट लिए ।उनले चार ओभरमा मात्र २२ रन दिएर चार विकेट लिए । यस्तै ललित राजवंशी र रसीद खानले २ विकेट लिँदा करण केसी र शेर मल्लले १÷१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले व्याटिंग गरेको पुलिसले करण केसीको विस्फोटक व्याटिंगको मतदमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार पारेको थियो ।उसका लागि करण केसीले १७ बलमा ४० रन बनाए । जसमा ५ वटा छक्कापनि सामेल थियो । यस्तै अर्जनु साउदले २६, शंकर रानाले १९, दिलिप नाथले १७ र आरिफ शेखले १६ रन बनाए ।

बलिङ तर्फ पर्सा–११ का सैफुल्लाह अन्सारी र पवन सर्राफले २/२ विकेट तथा रुपेश सिंह र रन्जित कुमारले १/१ विकेट लिए ।

उपाधि विजेता पुलिसले नगद पाँच लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्यो भने उपविजेता पर्सा–११ ले नगद तीन लाख रुपैयाँमै चित्त बुझाउनु परयो ।पर्सा क्रिकेट संघको आयोजनामा पुष १२ देखि सुरु प्रतियोगितामा नेपालका तीन विभागिय टिमका साथै पर्सा११ तथा भारतको युपी११ र वण्डर्स क्लब नोयडा गरी कूल ६ टिमले भाग लिएका थिए।

 

Related posts

शुरु भयाे बडादसैं , गहवामाइमा भक्तजनकाे घुइचाे

MadhesKhabar

पर्सामा स्वतन्त्र उम्मेदवारी दिएका जसपाका ७ नेता पार्टीबाट निष्काशन

MadhesKhabar

वीरगन्जमा धार्मिक सहिष्णुता र सामाजिक सद्भाव खल्बलाउने षडयन्त्र नगर्न मेयर सिंहको आग्रह

MadhesKhabar

Leave a Comment