Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

वीरगन्जमा धार्मिक सहिष्णुता र सामाजिक सद्भाव खल्बलाउने षडयन्त्र नगर्न मेयर सिंहको आग्रह


फाइल फोटो

वीरगन्ज,२८चैत : वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पछिल्ला केही समय यता वीरगन्जमा सामाजिक सद्भाव धमिलो पार्ने षड्यन्त्र भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

धर्मको नाममा केही व्यक्तिले वर्षौँदेखि कायम रहेको धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव खल्बलिने गतिविधि गरेको भन्दै त्यसप्रति मेयर सिंहले चिन्ता व्यक्त गरेका हुन् ।

मंगलबार वीरगन्जको आशा किरण केन्द्रमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सिंहले भने,‘ वीरगन्ज सबै जातजाति, भाष, धर्मको साझा फुलबारी हो , यहाँ सदियौंदेखि धार्मिक र सामाजिक सद्भाव कायम छ ।

तर पछिल्लो केहि दिनयता हिन्दुले मुस्लिमलाई, मुस्लिमले हिन्दुलाई गर्ने सम्मान र सद्भावमा केही उच्छृङ्खल व्यक्तिका कारण फाटो ल्याउने प्रयास गरिएकोले आफुलाई चिन्तित बनाएको उनले बताए ।

वीरगन्जमा केहिदिन यता मुस्लिम समूदायका केही व्यक्तिले पनि हिन्दु धर्मका बारेमा अनर्गल प्रचार गर्ने र सद्भाव खल्बल्याउने गरी वक्तव्य दिएको भेटिएकाले त्यस्ता कार्य तत्काल रोकेर वर्षौदेखि कायम धार्मिक सहिष्णुता र सामाजिक सद्भाव अझै मजबुत बनाउनेतर्फ ध्यान दिन उनले आग्रह गरे ।

आफ्नो धर्म संस्कृतिको रक्षा आफैँले गर्नु पर्ने भन्दै उनले भने,‘ एउटा धर्म मान्नेले आफ्नो स्वार्थका लागि अर्को धर्म समुदायलाई हानी हुने काम कदापि गर्नु हुदैन , र गरे त्यो मलाई सह्य पनि हुदैन ।

वर्षमा एक पटक झण्डा, तरबार बोकेर सडकमा निस्कँदैमा धर्मको रक्षा हुन नसक्ने भन्दै उनले समाजमा रहेका कुरिति, गरिबि हटाउन सहयोगीभावमा समर्पण हुन वीरगन्जवासीलाई आग्रह पनि गरे ।

‘हामीसँग भएका मन्दिरको संरक्षण छैन । भएका मन्दिरमा पुजारी छैन । पुजा गर्ने सामग्री छैन,’ उनले भने, ‘वर्षमा एक दिन झण्डा र तरबार बोकेर प्रदर्शन गर्दैमा धर्मको रक्षा हुन सक्दैन ।’

भएका मन्दिरको संरक्षण गर्दै त्यहाँ पुजापाठ गर्ने व्यवस्था मिलाउने तर्फ ध्यान दिँदै सबैलाई जुटाउनेतर्फ काम भए मात्रै धर्म र धार्मीक सहिष्णुता कायम हुने उनले बताए ।

 

 

Related posts

बाराको खुटवाजब्दीमा नियम मिचेर एसईईको केन्द्राध्यक्ष नियुक्त

MadhesKhabar

बारा २ मा उपेन्द्रलाई टक्कर दिन शीवचन्द्र जनमतमा प्रवेश

MadhesKhabar

कृषि उद्यमी र किसानलाई प्रोत्साहित गर्न राष्ट्र बैंकका गर्भनर अधिकारीको निर्देशन

MadhesKhabar

Leave a Comment